धनुषा । नेपाली सेनाले फिल्ड फायरिँग अभ्यास गर्ने भएपछि धनुषाधाम क्षेत्र र चारनाथ नदी क्षेत्रमा चौपाया पशु खुल्ला नछोडन आग्रह गरिएको छ ।
धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानीस्थित नेपाली सेनाको ब्यारेकका सेनाले धनुषाधामको बालुवाखोला र गणेशमान चारनाथ नगरपालिकाको चारनाथ खोला क्षेत्रमा पशुचौपाया खुल्ला नछोडन आग्रह गरिएको हो ।
ब्यारेका सेनानी तथा निमित्त गणपति धीरेन्द्र चन्द्र ठकुरीले चैत्त १ देखि चैत्त ११ गतेसम्म सो क्षेत्रमा आर्टिलरी फिल्ड फायरिँग अभ्यास सँचालन गर्ने भएपछि सो क्षेत्रमा गाई, भैँसी, बाख्रा लगायतका घरपालुवा जनावरहरुलाई खुल्ला नछोडन आग्रह गरेको हो ।
सेनाले गत फागुन २६ गते एक सार्वजनिक सूचना जारी गर्दै राजदल गण र नंं १ रादलगणले सँयुक्त रुपमा फायरिँग अभ्यास सँचालन गर्ने भएपछि १७ किलोमिटर वरिपरीमा पशुचौपायाको आवतजावत बन्द गर्न आग्रह गरेको हो ।
प्रतिक्रिया