सामुदायिक बिधालयकाे विद्यार्थीले पाउने सुबिधामा निजि बिधालय लाभान्वित हुँदै

मधेशपाटी अनलाइन     २०७९ चैत्र २, बिहीबार १९:३३ बजे मा प्रकासित



सिरहा । बर्षभरी निजि बिधालयमा रुपैया तिर्ने र परिक्षा सामुदायिक बिधालयमा दिने प्रवृत्तिले सामुदायिक बिधालय घाटामा गएको छ । स्थानीय तहले सामुदायिक बिधालयमा गरिने सहयोग र अनुदानको उपभोग निजि बिधालयहरुले सहजै रुपमा गरिरहेको छ ।

पालिकाको सार्वजनिक स्रोत साधन निजि बिधालय र त्यसका बिद्यार्थीहरुले सहजै रुपमा उपभोग गरिरहदा सामुदायिक बिधालय त्यस बिधालयमा अध्यनरत विद्यार्थी बालबालिकाहरुको सुबिधामा कटौती भएका छन । हालै संचालनमा रहेका बार्षिक परिक्षामा सिरहा स्थित विभिन्न सामुदायिक बिधालयहरुमा निजि बिधालयका विद्यार्थीहरुले परिक्षा दिरहेका छन ।

सिरहाको बिष्णुपुर गाउँपालिका स्थित श्री जनता माध्यमिक बिधालय राजपुरमा बार्षिक परिक्षामा मिर्चैया नगरपालिका स्थित चानक्य बोर्डिङ स्कुलको विद्यार्थीहरुले परिक्षा दिरहेका छन । ती निजि बिधालयका विद्यार्थीहरु बाट बर्षभरि चर्को शुल्क बिधालयका प्रीन्सिपलहरुले उठाएर परिक्षा भन्ने सामुदायिक बिधालय बाट दिलाएका छन । उनि सामुदायिक बिधालयको बिद्यार्थीहरुले निशुल्क रुपमा पाउने कोपि किताबको सुबिधामा मात्र नभै सामुदायिक बिधालयको शिक्षक गार्डहरु बाट सुबिधा पाएका छन ।

सामुदायिक बिधालयको कोषबाट गार्डहरुले गार्ड भत्ता पाउने अनि निजि बिधालयको विद्यार्थीहरुलाई स्थानीय तहको पैसा बाट खरिद गरिएको कोपि किताब उपलब्ध गराउने प्रवृत्ति सामुदायिक बिधालयको लागि संकट हो । यसले राज्यले सामुदायिक बिधालयमा लगानी गरेको बजेट रकमहरु दुरुपयोग भैरहेको सहजै बुझ्न सकिन्छ । यस बिषयमा सामुदायिक बिधालयमा लगानी गर्ने स्थानीय तहहरुले मौनता देखाउनु हुदैन । बरु चासो लिई सार्वजनिक बजेट निजीकरणहुन बाट जोगाउन जोड दिनुपर्छ ।

निजि बिधालयले सामुदायिक विद्यालय बाट आफ्ना विद्यार्थीलाई परिक्षा दिलाउनुको कारण के हुन सक्छ ?

 

अन्योलमा छन अबिभाकहरु । गाँजिएको शिक्षा ब्यबस्था जहाँ धेरै निजि बिधालयहरु दर्ता बिनै संचालनमा छन । पाँच कक्षा दर्ता भएको निजि बिधालयहरुले गैरकानुनी रुपले दस कक्षा चलाइरहेका छन । पाँच कक्षा भन्दा बढिका बिद्यार्थी अबिभाकहरु सँग बर्षैभरि दर्तै नभएको निजि संस्थाको माध्यम बाट पढाईको नाममा अबैध असुली गर्छन । परिक्षाको बेला अब कहाँ कुन स्कुल बाट कसरी परिक्षा दिलाउने भन्ने अन्योलमा हुन्छन । अन्तिममा सामुदायिक बिधालयहरुलाई गुहारछन । सामुदायिक बिधालय र निजि बिधालयको मिलोमतो हुन्छन । पैसाको चलखेल हुन्छन । सामुदायिक बिधालयहरुले आफ्नै सार्वजनिक रकमले खरिद गरिएको परिक्षा सामग्रीहरुले निजि बिधालयका विद्यार्थीहरुलाई परीक्षा दिन सहयोग गर्छन । यसरी सार्वजनिक पैसाको दुरुपयोग हुन्छन । यसमा संबंधित निकायको मौनताले शिक्षामा बेथिति पलाउँछन ।

 

शिक्षामा देखिएको यश किसिमको बेथितिले सामुदायिक शिक्षामा सुधारको परिकल्पना गर्न कठिन हुन्छ । सामुदायिक बिधालयमा परिक्षा दिने निजि बिदलायका विद्यार्थीहरुको कोपि कसले चेक गर्ने ? सामुदायिक बिधालयका शिक्षक या निजि बिधालयका शिक्षक ? उनिहरु कुन भत्तामा निजि बिधालयको विद्यार्थीहरुको कोपि काट्ने ? सामुदायिक स्रोत साधनमा निजि बिधालयको राज त हो यो ।बिधालय ब्यबस्थापन समितिको चुनावमा सामुदायिक बिधालयमा यसले के असर पार्ला ?

प्रतिक्रिया





Top