जनकपुरधाम । आईसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा सहभागी मधेस प्रदेशका खेलाडी गुल्शन झा र आरिफ सेखलाई प्रदेश सरकारले २/२ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।
नेपालले सानदार जित हासिल गरेकोमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापन गर्दै मधेस प्रदेसका दुबै खेलाडीलाई नगद प्रदान गर्ने घोषणा गरेका हुन् । विश्वकप छनौट प्रतियोगितामा बिहीबार यूएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उनले नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई दिएका छन् । मधेस प्रदेशका खेलाडी गुल्शन झा र आरिफ शेखको खेलको विशेष प्रशंसा गर्दै मुख्यमन्त्री यादवले भने, ‘तपाईंहरुले देश र प्रदेशको सम्मान बढाउनु भएकोमा हामीलाई धेरै खुसी लागेको छ ।’ कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उनले प्रशंसा गरे ।
मधेस प्रदेश सरकारले यस प्रदेशका खेलाडी गुल्शन झाको तेजस्वी तथा सौर्यपूर्ण खेल लामो समयसम्म खेलप्रेमीहरुको सम्झनामा रहिरहने बताए । मुख्यमन्त्री यादवले मधेस प्रदेशका अर्का खेलाडी आरिफ सेखसमेतले आफ्नो खेलद्वारा मधेसको मान बढाएकोमा प्रशन्नता व्यक्त गरे ।
मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र सेखलाई प्रोत्साहनस्वरुप मधेस प्रदेश सरकारको तर्फबाट जनही २/२ लाख नगद प्रदान गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले बताएका छन । कान्तिपुरमा सन्तोष सिंह याे समाचार लेखिएको छ ।
प्रतिक्रिया