जनमत पार्टीको सर्लाही ईन्चार्जमा श्रीचन यादव चयन ।।

न्यूज डेस्क     २०७९ चैत्र ११, शनिबार २१:५४ बजे मा प्रकासित


डा. सिके राउत नेतृत्वको जनमत पार्टी जिल्ला कार्य समिति सर्लाहीको ईन्चार्जमा श्रीचन राय यदव(सुजन) चयन भएका छन् ।

गएको १० गते जनमत पार्टीको केन्द्रिय समितिले जारी गरेको प्रेस विज्ञप्ति श्रीचन यादव उर्फ सुजन यादव लाई जिल्ला ईन्चार्ज तोकिएको हो ।

जनमत पार्टीको केन्द्रीय कार्यालयले सुजनलाई सर्लाही जिल्लाको लागि ईन्चार्जको रुपमा शनिवार चयन गरी पठाएको हो ।

माओवादी केन्द्र परित्याग गरि यादव संघ तथा प्रदेश सभाको चुनावमा सर्लाही -४(ख) बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। स्वतन्त्र उम्मेदवारी दिएका यादव चुनावमा संतोषजनक मत प्राप्त गरेपछि उहाँको चर्चा क्षेत्रभरी चुलिएका छन ।

माओवादी केन्द्र परित्याग गरेका यादव गएको माघ २३ गते जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा. सिके राउत समक्ष जनमत पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया





Top