पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच

न्यूज डेस्क     २०७९ चैत्र १३, सोमबार २१:५२ बजे मा प्रकासित


सिरहा । मधेश प्रदेशको सिरहामा नेपाल नेत्रज्योति संघको ४५ औं स्थापना दिवसको अवसरमा पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ ।

 

सिरहा जिल्लाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले शिविरको आयोजना गरेर सिरहा लगायतका पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको हो । पत्रकार महासंघ मधेश प्रदेशको समन्वयमा सञ्चालन गरिएको शिविरमा १ सय २२ जना पत्रकारले आँखा जाँच गराएका थिए ।

 

जसमध्ये दृष्टि दोष भएका ९२ जनालाई निःशुल्क चस्मा वितरण र ७९ जनालाई निःशुल्क औषधि वितरण गरिएको नेपाल पत्रकार महासंघ मधेश प्रदेशले जनाएको छ ।

प्रतिक्रिया





Top