मधेशी आयोग : मिटरब्याज पीडितको तत्कालै समस्या साधानका लागि बहुवैकल्पिक पहल गर्न सरकारसँग आग्रह

मधेशपाटी अनलाइन     २०७९ चैत्र १४, मंगलवार १८:०८ बजे मा प्रकासित


काठमाडौ । मधेशी आयोगले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै तत्कालै समस्या साधानका लागि बहुवैकल्पिक पहल गरी पीडितहरुको अधिकारलाई संरक्षण गर्न सरकारसँग आग्रह गरेको हो ।

आयोगका सचिव रुद्रप्रसाद लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…राज्‍यले तत्कालै समस्या सामाधानका लागि बहुवैकल्पिक पहल गरी पीडितहरुको अधिकारलाई राज्‍यले संरक्षण गरोस् र तिनीहरुको बोल्न पाउने लोकतान्त्रिक अधिकारलाई समेत सम्मान गरोस् भनी आयोग अपील गर्दछ ।’

यस्तै पीडितहरुसँग छलफल तथा समाधानको लागि आयोगका सदस्य जीवछ साह, रेणु देवी साह र आभा कुमारीसहितको टोलीलाई स्थलगत अनुमगनका लागि आयोगले खटाएको छ ।

गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेशका जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं आएको छ ।

उनीहरुले काठमाडौं आएर माइतीघरमा २ दिनदेखि प्रदर्शन गर्दै आएका छन् ।

मधेसी आयोगले जारी गरेको विज्ञप्ति यस्तो रहेका हुन :

प्रतिक्रिया





Top