सर्लाहीको लालबन्दीमा चैत्र २५ गते कुशवाहा समाजको ६ औं जिल्ला अधिवेशन हुने ।।

मधेशपाटी अनलाइन     २०७९ चैत्र १५, बुधबार ०८:५५ बजे मा प्रकासित


सर्लाही ।। सर्लाहीको लालबन्दीमा संगठित कुशावहा, समृद्व समाज भन्ने मुल नाराका साथ नेपाल कुशवाहा कल्याण समाजको ६ औं जिल्ला अधिवेशन हुने भएको छ ।

सर्लाहीको लालबन्दी स्थित लालबन्दी पार्टी पैलेसमा चैत्र २५ गते अधिवेशन हुन लागेको नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको जिल्ला संयोजक भरत महतोले जानकारी दिए ।

नेपाल कुशवाहा कल्याण समाज, जिल्ला कार्यसमितिको चैत्र १० गतेको बसेको बैठकले उक्त निर्णय गरेको थियो । जिल्ला कार्यसमितिले प्रतिनिधि छनौट गरी पठाईदिने सम्बन्धनमा एक सुचना जारी गर्दै कुशवाहा समाजको नगर समिति रहेका सबै स्थानिय तहमा पत्राचार गरिसकेका छन ।

समाजले प्रतिनिधि छनौटका लागि मापदण्ड समेत तोकेका छन । जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, गाउँपालिका कार्यसमितिले निर्णय गरी पठाएको १ जना महिला सहित ४ जना जिल्ला प्रतिनिधि सदस्य,

नगरपालिका कार्यसमितिले निर्णय गरी पठाएको २ जना महिला सहित ७ जना जिल्ला प्रतिनिधि हुने व्यवस्था रहेका छन । प्रत्येक गाउँपालिका र नगरपालिका, क्षेत्रिय कार्यसमितिका अध्यक्ष र सचिव पदेन सदस्य तर यि प्रतिनिधिहरुले उम्मेदवार हुन पाउने छैनन भनी विज्ञप्तीमा उल्लेख गरिएको हो ।

बिहान १० देखि उदघाटन समारोह र १ बजेदेखि बन्द सत्र सुरु हुने महतोले जानकारी दिए । कार्यक्रममा उपस्थितका लागि जिल्लाभरीका कुशवाहा समुदायका व्यक्तिहरुलाई आव्हान समेत उहाँले गरे ।

नेपाल कुशवाहा कल्याण समाजको केन्द्रिय अध्यक्ष तपेश्वर महतो प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा जिल्ला अध्यक्ष लक्ष्मण महतोको अध्यक्षता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया





Top