मधेश प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने

मधेशपाटी अनलाइन     २०७९ चैत्र १५, बुधबार ११:०४ बजे मा प्रकासित



जनकपुरधाम । भोली मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । प्रदेश राजपत्रमा उल्लेखित भोली विहिबार १६ गते सार्वजनिक विदा हुने भएको छ ।

हिन्दु धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा मधेश सरकारले प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदाको निर्णय गरेको हो ।

मधेश प्रदेशको राजधान जनकपुरधामसहित तराई मधेशमा रामनवमी धुमधामको साथ मनाइन्छ । भोली विहिबार सरकारी कार्यालयहरु बन्द रहने भएको छ ।

मधेश प्रदेश सरकारको राजपत्र अनुसार रामनवमी यो बर्षको अन्तिम सार्वजनिक विदा हो ।

प्रतिक्रिया





Top