स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटलमा मोजमस्ती, चुरोट तान्दै तस्विरहरु सार्वजनिक

मधेशपाटी अनलाइन     २०७९ चैत्र १७, शुक्रबार ०५:१२ बजे मा प्रकासित



जनकपुरधाम । सिरहा जिल्लाको मिर्चैयास्थित एक बोर्डिङग स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै गरेको तस्विरहरु सार्वजनिक भएको छ ।

विभिन्न कक्षामा पढने कलिला उमेरका बालकहरु नजिकै रहेको होटल क्याफेमा गएर चुरोट तान्दै गरेको तस्विरहरु समाजिक सँजालमा जताततै देखिएको छ ।

ती विद्यार्थीहरु विहिबार मिर्चैयास्थित एक क्याफेमा चुरोट तान्दै गरेको देखिएका छन् । उनीहरु कक्षा चलिरहेकै बेला कक्षा छाडेर होटलमा मोजमस्ती गरेको बताइएको छ ।

यद्यपी, उनीहरु घरबाट स्कूलको लागि निस्केपनि स्कूल नै नपुगेर सीधा क्याफेमा गई नियमित चुरोट खाने गरेको बताइएको छ । उनीहरुको उमेर बढीमा १० देखि १४ बर्षको रहेको छ ।

सो विद्यालयमा पढने ती विद्यार्थीहरुलाई निगरानी भने विद्यालयको तर्फबाट भइनरहेको स्पष्ट छ । कटारीचोकस्थित रहेको एलाइट होटेलमा विद्यार्थीहरु पस्ने गरेका हुन ।

प्रतिक्रिया





Top