मेयरको सट्टामा एसइइ परिक्षा दिदै गरेका एक नक्कली परिक्षार्थी पक्राउ

न्यूज डेस्क     २०७९ चैत्र १९, आईतवार १७:२८ बजे मा प्रकासित


रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा एसइइ परिक्षा दिदै गरेका एक नक्कली परिक्षार्थी पक्राउ परेका छन ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसइए परिक्षा दिदै गरेका गरुडा ६ पोठियाहीका कमल साह पक्राउ परेका हुन । मौलापुर नगरपालिकाको श्री लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परिक्षा दिइरहेका कमल साहलाई परिक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह मेयरका ज्वाइ रहेको श्रोतले बताएको छ । ससुराका सट्टामा परिक्षा दिइरहेका उनी इन्जीनियर हुन ।

परिक्षा संचालन भएको अवश्थामा अनुगमन टोलीलाई विद्यार्थी प्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरी श्रोतले बताएको छ ।

प्रतिक्रिया





Top