जबरजस्ती करणी मुद्दाका फरार रहेका मिया पक्राउ पछि कारागार चलान

मधेशपाटी अनलाइन     २०७९ चैत्र १९, आईतवार १७:५७ बजे मा प्रकासित



सप्तरी । सप्तरीमा जबरजस्तीकरणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई कारागार चलान गरिएको छ ।

जवरजस्ती करणी मुद्दामा राजविराज नगरपालिका वडा नंं ९ बस्ने ४२ वर्षीय मो. जावुल मिँयालाई कारागार चलान गरिएको हो ।

 

मियालाई जबरजस्ती करणी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७० साल चैत २० गतेका दिन ६ वर्ष कैद हुने गरी फैसला सुनाएको थियो ।

फरार रहेका मियालाई शनिबार पक्राउ गरी आज सप्तरी जिल्ला अदालतमा हाजिर गराई ६ वर्ष कैदको लागि सप्तरी कारागार राजविराज पठाईएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top