जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा हिन्दु राज्यको नारा सहित गुञ्जिएको छ । समस्त हिन्दु समाजको आयोजनामा हनुमान जयन्तीको अवसर पारेर निकालिएको शोभा यात्रामा नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग गरिएको छ ।
जनकपुरधामस्थित रहेको जानकी मन्दिरबाट निस्केको शोभायात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोक पुगेर समापन भएको थियो । जनक चोक पुगेका हिन्दु धर्माबलम्बीहरुले सामूहिक रुपमा हनुमान चालिसा पाठ गरेका थिए । यसका साथै जनक मन्दिर र राम मन्दिरकै छेउमा रहेको नयाँ ध्वजारोहण गरिएको शोभायात्रामा सहभागी युवा सुशिल कर्णले जानकारी दिएका छन ।
चैत शुक्ल पूर्णिमामा भगवान हनुमानको जन्म भएको अवसरमा प्रत्येक वर्ष हिन्दु धर्माबलम्बी यस दिन हनुमान जयन्ती पर्व मनाउँदै आएका छन । यस अवसरमा जनकपुरधाम सहित विभिन्न स्थानका हनुमान मन्दिरमा पूजा अर्चनाकालागि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको थियो ।
यसअघि केही दिन अगाडी मात्रै रामनवमीको अवसरमा हिन्दु धर्माबलम्बीहरुले शोभा यात्राको क्रममा जानकी मन्दिर पछाडीरहेको मस्जिद अगाडीबाट जय श्रीरामको नारा लगाउँदै शोभा यात्रा गएपछि मुस्लिम समुदायले आपत्ति जनाएको थियो ।
हनुमान जयन्तीको अवसरमा समेत शोभा यात्राको क्रममा जानकी मन्दिरको परिक्रमा गर्ने कार्यक्रम तय गरेपनि प्रहरीले ठाउँ ठाउँमा सडक अवरोध गरि खडा गरेको थियो । जानकी मन्दिर पछाडी रहेको मस्जिद जाने बाटोमा नेपाल प्रहरी र शस्त्र पप्रहरीले दिनभर प्रवेशमै रोक लगाएको थियो ।सडक अबरुद्ध गरेको तस्बिरमा पनि देखिन्छन् ।









प्रतिक्रिया