फिल्मी शैलीमा तस्करी : भारी परिमाणमा गाँजा र ट्रकसहित चालक प्रहरीकाे फन्दामा

न्यूज डेस्क     २०७९ चैत्र २४, शुक्रबार १९:३७ बजे मा प्रकासित


जनकपुरधाम । धनुषामा फिल्मी शैलीमा अबैध गाँजा तस्करी गर्ने ट्रकसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले विशेष सूचनाको आधारमा ट्रकसहित गाँजा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो करिब १ बजेको समयमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरीको टोलीले भारी परिमाणमा गाँजा बरामद गरेको हो । खाली ट्रकभित्र जस्तापाताले घेरेर लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ । प्रहरीले ढल्केवरबाट जनकपुरधामतर्फ गईरहेको ना७ ख ४२५१ नम्बरको ट्रकउपर शंका लागी चेकजाँच गर्दा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । ११ किलोको १२ वटा पोकामा रहेको१ क्वीन्टल २४ किलो गाँजा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले गाँंजासहित ट्रक चालक मनहरी नगरपालिका ८ मकवानपुर जिल्ला घर भएका शन्तबिर दोङ्लाई नियन्त्रणमा लिएको जनाईएको छ ।

उक्त गाँजा पहाडी जिल्लाबाट ल्याई भारततर्फ लाँदै गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
पक्राउ गरिएको ट्रकचालकलाई अहिले अस्थायी प्रहरी चौकी लक्ष्मिनियामा राखिएको छ । बरामद गरेको गाँजा ट्रक र चालकलाई थप अनुसन्धानको लागी प्रदेश प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा पठाउने कार्य गरिरहेको छ ।

प्रतिक्रिया





Top