कर्तव्य ज्यान मुद्दाका आरोपी ‘यादव’ प्रहरी हिरासतबाटै झ्याल तोडेर फरार

न्यूज डेस्क     २०७९ चैत्र २४, शुक्रबार १९:४८ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थितबाट एक थुनुवा कुदेर फरार भएका छन् । जनकपुरको एक अस्पतालमा उपचारको लागि लगिएका कर्तव्य ज्यान मुद्दाका एक थुनुवा अस्पतालबाटै फरार भएका छन ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको नियन्त्रणमा रहेको कर्तव्य ज्यान मुद्दाका आरोपी कृष्णा यादव अस्पतालबाटै भागेका छन् ।

आरोपी यादवको खुट्टामा समस्या भएको भन्दै उनले उपचारको लागि अपिल गरेका थिए । यादवलाई उपचारकै लागि जनकपुरस्थित रहेको आर्या हस्पिटलमा लगिएकोमा फरार भएका हुन।

उपचारका लागि लगिएका यादव अस्पतालको शौचालय कक्षको झ्याल तोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिएका छन्।

यादव फिल्मी शैलीमा अस्पतालको शौचालयबाट फरार भएका हुन् ।

प्रतिक्रिया





Top