मधेश प्रदेश : मुख्यमन्त्री यादव हात्तीमा सवार विजयी जुलुसमा पुगेपछि

न्यूज डेस्क     २०८० बैशाख १३, बुधबार २१:४५ बजे मा प्रकासित


जनकपुरधाम । प्रतिनिधिसभा सदस्यका लागि बारा २ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव विजयी भएपछि हात्तीसहितको जुलुस निकालिएको छ ।

बारा क्षेत्र नम्वर २ मा जसपाका नेता, कार्यकर्ता, समर्थक र मधेसका मुख्यमन्त्री सरोज कुमार यादव र अन्य मन्त्रीहरु समेत विजयी जुलुसमा सहभागी भए । उक्त जुलुसमा मुख्यमन्त्री यादव हात्तीमा सवार थिए ।

जुलुसमा हात्ती कहाँबाट ल्याएको विषयमा केहि खुल्न सकेको छैन् । यादवको जीत ऐतिहासिक भएको भन्दै विजयी जुलुस भव्य बनाउन हात्तीलाई समेत सहभागी गराएको बताइएको छ ।

हात्तीमा हार्दिक बधाई लेखिएको ब्यानर समेत राखिएको थियो ।

जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै सो क्षेत्रबाट यादव विजयी भएका छन् । यादवलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र लोसपाको समर्थन गरेको थियो ।

प्रतिक्रिया





Top