सबैलामा टिपरले ठक्कर दिएपछि एक बालककाे मृत्यु,एक घाइते चालक फरार-प्रहरीले हवाई फायर

मधेशपाटी अनलाइन     २०८० बैशाख १८, सोमबार २२:०५ बजे मा प्रकासित



शम्भु पण्डित ,जनकपुरधाम । मधेश प्रदेश राजधानी जनकपुरधाम देखि २६ किलोमिटर रहेको धनुषाको सबैलामा टिपरले ठक्कर दिएपछि एक बच्चाको मृत्यु भएको हाे । ठक्कर दिने टिपरका चालक भने फरार भएका छन् ।

सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा टिपरको ठक्करबाट एक बच्चाको मृत्यु र एक घाइते भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

 

आक्रोशित स्थानीयबासीले ठक्कर दिने टिपरमा तोडफोड र आगजनी गर्न खोज्दा प्रहरीले हवाई फायर गरेका छन् ।

प्रदेश २–०३–००१ क १६२१ नम्वरको टिपरको ठक्करबाट सबैला १२ सिर्खाटोलका ७ वर्षिय बालक रियान्स दनुवारकोे घटनास्थलमै मृत्यु भएको हो । ठक्करबाट सोही ठाउँकी राधी कुमारी घाइते भएकी छन् ।

  1. मृतक बालक र घाइते बालिका स्कूल पढेर घरतर्फ जाने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ ।

प्रतिक्रिया





Top