सर्लाही, बरहथवा ।। सर्लाहीमा प्रहरीले ३७५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यलय, बहरथवाले नियन्त्रणमा लिएको २५ ग्यालिन मदिरा नष्ट गरेको हो ।
आज बरहथवा नगरपालिका वार्ड न. ५ स्थित खोलाको बालुवामा स्थानिय जनप्रतिनिधि तथा पत्रकारहरुको रोहवरमा उक्त परिमाण बराबरको मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यलय, बरहथवाले जनाएको हो ।
ईलाका प्रहरी कार्यालय बरहथवा,सर्लाहीबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्दा तथा गस्ती गर्दै गरेको क्रममा बिभिन्न मिति र समयमा उक्त अवैध घरेलु मदिरा बेवारिशे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।
नष्ट गरिएको अवैध मदिराको अन्दाजी बजार मुल्य १ लाख १२ हजार ५ सय रहेको प्रहरीले जनाएको छ । अवैध मदिरा उत्पादन तथा बिक्रि वितरण कार्यमा रोक लगाउन कडाईका साथका प्रहरीको सक्रियता बढाईएको ईलाका प्रहरी कार्यलय, बरहथवाका डिएसपि मकेन्द्र मिश्रले जानकारी दिए ।








प्रतिक्रिया