सर्लाही, धनकौल ।। मेची महाकाली बुहारी संयूक्त आवाजको धनकौल गाउँपालिकाको संयोजकमा सरस्वती महतो चयन भएको छ ।
लालबन्दी नगरपालिका वार्ड न. ६ स्थित एभरेष्ट होटेलको सभा हलमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा महतोलाई धनकौल शाखाको जिम्मेवारी दिइएको हो ।
धनकौल गाउँपालिकाको जिम्मेवारी दिएकोमा मेचि महाकाली परिवारलाई धन्याद दिदै महतोले महिला तथा बालबालिका विरुद्व निरन्तर काम गर्ने बताईन ।
महिलालाई घरको कामकाजमा सिमित राख्ने प्रवृत्तिका कारण महिलाहरु अन्य क्षेत्रमा पछाडी परेको उहाँले टिप्पणी गरिन । अहिले पनि तराई मधेसमा शिक्षित तथा पढेलेखेका परिवारका महिलाहरुले समेत परिवारको ईज्जत प्रतिष्ठा तथा सम्मानको रक्षा नाममा आफनो आफनो सपना र चाहनाको बलि दिनुपर्ने बाध्यता रहि आएका छन, उनले भनिन । महिला विरुद्वको विकृति र कुशसंस्कार निर्मूल पार्न महिलाहरुलाई अगाडी आउनुपर्नेमा उहाँले जिकिर गरिन।
धनकौल गाउँपालिका वार्ड न. ५ हरकठवा निवासी महतो जिल्लामा विद्यमान रहेको दाईजो प्रथा विरुद्व अभियानमा सक्रिय भएर आवाज उठाउदै महिला तथा बालबालिका विरुद्वको कुनै पनि हिंसाको क्रियाशिल भएर काम गर्दै आएकी छिन । महतो विभिन्न गैरसरकारी तथा सरकारी संस्थाहरुमा आबद्व भएर दाईजो प्रथा अन्त्य गरिनुपर्छ भनी निरन्तर अभियानमा छिन ।
त्यस्तै जिल्ला संयोजकको जिम्मेवारी कार्यसमितिका पूर्व सहसचिव सानु पाख्रिनलाई दिइएको मधेस प्रदेशका सहसंयोजक रम्मा काफले जानकारी दिईन।
सहसचिवमा रहदा पाख्रिनले संगठनको उदेश्य प्राप्तिका लागि उल्लेखनिय कार्य गरेको भन्दै उहाँलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको उहाँको भनाई छ । त्यस्तै सरस्वती महतो विगत लामो समयदेखि संगठनमा आबद्व रही आएका कारण धनकौल गाउँपालिकाको जिम्मेवारी दिएको उहाँले बताईन । सरस्वती महतो एक बर्ष अगाडी मेचि महाकाली बुहारी संयूक्त आवाजको आजिवन सदस्यता समेत लिएकी थिईन।
मेचि महाकाली बुहारी संयूक्त आवाजको केन्द्रिय अध्यक्ष यमु शर्मा शुब्बा को स्वागत तथा सम्मान कार्यक्रममा लालबन्दी नगरपालिकाका उपमेयर कल्पना माया पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो ।
केन्द्रिय अध्यक्ष मुगु जिल्लाका बालबालिकाहरुका लागि ५ लाखको बराबरको न्यानो झोला र स्टेशनरी सामग्री वितरणका लागि सर्लाहीबाट मुगुका लागि प्रस्थान गरेको मेचि महाकाली बुहारी संयूक्त आवाज, सर्लाहीले जनाएको हो ।
मेचि महाकाली बुहारी संयूक्त आवाजको मधेस प्रदेश सहसंयोजक रमा काफलेको अध्यक्षतामा सम्पन्न भएको स्वागत तथा सम्मान कार्यक्रममा केन्द्रिय उपाध्यक्ष चन्द्रा काफले, केन्द्रिय सल्लाहाकार सूर्यहरि मराठा, मधेस प्रदेशका पर्सा बाहेका ७ वटै जिल्ला कार्यसमिति सदस्य, मकवानपुर र ओखलढुंगाका सदस्य सहित सर्लाही जिल्ला कार्यसमितिका सदस्यहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।









प्रतिक्रिया