बलराका आगलागी पिडितलाई ५० हजार बराबरको राहत सहयोग ।।

न्यूज डेस्क     २०८० बैशाख २६, मंगलवार १५:२० बजे मा प्रकासित


सर्लाही, बलरा ।। सर्लाही बलरा नगरपालिकाका आगलागी पिडितलाई जनमत पार्टीको जिल्ला ईन्चार्ज श्रीचन यादवले ५० हजार बराबरको राहत सहयोग गरेको छ । बलरा नगरपालिका वार्ड न. ११ छतौनामा हिजो बिहान विद्युत सर्ट भई आगलागी हुदाँ स्थानिय गाजा सहनीको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।

जनमत पार्टीका जिल्ला ईन्चार्ज यादवले पिडित परिवारको घरमै गएर दाल, चामल र त्रिपाल लगायतका खाधान्न सामग्री वितरण गरेका हुन ।
घर पूर्ण रुपमा जलेर नष्ट भएपछि सहनी परिवारको बिच्चली भएको थियो । उनिहरु अहिले अरुको घरमा शरण लिएर बस्दै आएका छन । उनिहरुलाई भोकै मर्नु नपरोस भनेर आफनो व्यक्तिगत लागतमा ५० हजार बराबरको राहत सहयोग गरेको यादवले बताए । पिडित परिवारको थप आर्थिक सहयोग र घर निर्माणका लागि समेत सम्बन्धित निकायमा पहल गरिने प्रतिबद्वता जनाए ।

सहनीको घरबाट सुरु भएको आगोले छिमेकीका दुईवटा घरमा समेत क्षेती भएको थियो। आगलागीबाट सहनीको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने अन्य छिमेकीका दुईवटा घरमा आंशिक क्षेती भएको प्रत्यक्षदर्शी स्थानिय सुखारी मण्डले जानकारी दिए । घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, कागजपत्र, भाँडाकुँडा लगायत सम्पूर्ण खाद्यान्न सामग्री जलेर नष्ट भएका थिए ।

आगलागीमा परि घरधनी सहनी सामान्य घाइते भएको र उहाँको अहिले धुलिखेल अस्पतालमा उपचार भैरहेको पिडित परिवारले जनाएको छ।
आगलागीबाट अन्दाजि करिव १५ लाख बराबरको क्षती भएको स्थानियले दाबी गरेका छन भने आगलागीबाट कुनै मानबिय क्षेती नभएको प्रहरीले भनाई छ । आगलागी केहि समय पछि स्थानियहरु र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएइको थियो।

अत्यधिक गर्मीका कारण सर्लाही सहित विभिन्न ठाउँमा विद्युत सर्ट भई आगलागीको घटनामा बृद्वि भएको हो । अस्ति पनि बहरथावा र धनकौलमा पनि आगलागी भएको थियो। २० वटा स्थानिय निकाय रहेपनि हाल मलंगवा र हरिवन नगरपालिकाका मात्र वरुण यन्त्र संचालनमा रहेको हो ।

 

प्रतिक्रिया





Top