जनकपुर : भाउजूको छुरा प्रहारबाट देवर घाइते, प्रहरीले जाहेरी दर्ता गर्ने आनाकानी

न्यूज डेस्क     २०८० जेष्ठ ४, बिहीबार ११:५५ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा देखि केही दुरीमा रहेको बेलापट्टिमा भाउजूले देवरमाथि छुरा प्रहारको घटना सार्वजनिक भएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ बेलापट्टिमा पनि स्थानीय बेचु मण्डलकी श्रीमती ३० वर्षीया रिंकु कुमारी मण्डलले आफ्नो देवर राजकुमार मण्डलमाथि छुरा प्रहार गरेकी पीडितले बताका छन् ।

अंश हक सम्बन्धी आपसी विवाद हुँदा रिंकुले पछाडिबाटै ज्यान मार्ने उद्देश्यले घाँटीमा ठूलो छुरा प्रहार गरेको राजकुमारको आरोप छ ।
रिंकुको छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् । उनको पाखुरामा ३८ वटा टाका लागेको छ ।

 

पत्तीमाथि जेठानीले ज्यान लिने गरी छुरा प्रहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा बुधबार किटानी जोहरी दिन पुगेकी थिइन् । तर प्रहरीले जाहेरी दर्ता नगरेको र मिलापत्रको लागि चासो दिदै भन्दै दर्ता नगरेको गुनासो गरिन् ।

प्रतिक्रिया





Top