हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरी पक्राउ गरेपछि

मधेशपाटी अनलाइन     २०८० जेष्ठ ४, बिहीबार १३:५७ बजे मा प्रकासित



जनकपुरधाम । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।

शरणार्थी प्रकरणमा मुछिएका उननी सिंहदरबार परिसरबाट पक्राउ परेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

 

उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।

हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहान प्रहरीले उनलाई ऊर्जा मन्त्रालयनजिकबाट पक्राउ गरेको हो ।

 

हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए ।

 

गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए ।

थापा हटेपछि गृहमन्त्री बनेका खाणले मियाँको कार्यकाल २ वर्ष थपिदिएका थिए ।

स्रोतका अनुसार नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए ।

त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए ।

प्रतिक्रिया





Top