सर्लाही, मलंगवा ।। सर्लाहीका २ स्थानिय तह लालबन्दी नगरपालिका र चक्रघटा गाउँपालिकाका शिक्षकहरुलाई अभिभावक शिक्षा सम्बन्धि ७ दिने आधारभूत तालिम दिइएको छ ।
प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी भन्ने मुल नाराका दुवै स्थानिय तहको आयोजना र यूनिसेफको आर्थिक सहयोगमा उक्त तालिम दिइएको चक्रघटा गाउँपालिकाका बालविकास संयोजक रंजिब चौधरीले जानकारी दिए ।
यो तालिमको प्राप्त गरेपछि अभिभावक तथा स्याहारकर्ताको सक्रिय सलंग्नतामा उपयूक्त वातावरण निर्माण गरी गर्भावस्थादेखि ८ बर्षसम्मका बालबालिकाको शरिरिक, भाषिक, संवेगात्मक र समाजिक विकास लगायत प्रारम्भिक सिकाई अभिबृद्वि गर्न सहयोग पुग्ने सेतो गुराँस सर्लाहीका संयोजक दुर्गा शिवकोटी बताउँछिन ।
प्रारम्भिक बाल्यवस्था गर्भावस्थादेखि आठ बर्षसम्म मानव जिवनको सबैभन्दा महत्वपूर्ण अवस्था हो । यस अवस्थामा बालबालिकाको शरिरिक, बौद्विक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्दछ । उहाँले भनिन । यही अवस्थामा बालबालिकाले जस्तै अनुभव पाउँछन, भावी जिवन उस्तै हुन्छ ।
शिशूको गर्भामा रहदा वा शिशूको जन्मपछि बालबालिकाको उचित स्याहार, विकासको अवसर प्रदान गर्ने जिम्मेवारी अभिभावकहरुको रहेका कारण समेत यो तालिम उनिहरुका लागि अझ महत्वपूर्ण हुने उहाँको भनाई छ ।
लालबन्दी नगरपालिकाका तालिम गएको चैत्र २० गतेदेखि २६ गतेसम्म संचालन गरिएको थियो भने चक्रघटा गाउँपालिकाका तालिम वैशाख २५ गतेदेखि ३१ गतेसम्म संचालन गरिएको हो ।
लालबन्दी नगरपालिकाको अभिभावक शिक्षा सम्बन्धि तालिमलाई नगरप्रमुख बासुदेव अधिकारीले समापन गरेका थिए, भने अध्यक्षतामा शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटीले गरेका थिए ।
सेतो गुराँस राष्ट्रिय बालविकास सेवा ललितपुर र सेतो गुराँस बालविकास सेवा सर्लाहीका संयूक्त प्राविधिक सहयोगमा संचालन गरिएको अभिभावक शिक्षा सम्बन्धि आधारभूत तालिमलाई सेतो गुराँस सर्लाहीका संयोजक दुर्गा शिवाकोटी र तालिम संयोजक रेणु सिलवालले संयूक्त रुपमा सहजिकरण गरेका थिए भने प्रशासन तथा लेखा अधिकृत मनिष कुमार भुजेलले व्यवस्थापन गरेका थिए ।
नेपालमा प्रारम्भिक बालशिक्षा र विकासको सबलिकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड कार्यन्वयन परियोजना अन्तर्गत संचालन गरिएको तालिमलाई सेतो गुराँस, सर्लाहीका अध्यक्ष पार्थमणि भट्टाराई को अध्यक्षतामा उदघाटन गरिएको थियो भने चक्रघटा गाउँपालिकाकाका तालिमलाई बालविकास संयोजक रंजिब चौधरी र लालबन्दी नगरपालिकाका तालिमलाई सेतो गुराँस सर्लाहीका बोर्ड सदस्य रुद्र प्रसाद घिमिरेले संचालन गरेका थिए ।
रौतहटको चपुर स्थित तराई होटेलमा संचालन गरिएको अभिभावक शिक्षा सम्बन्धि आधारभूत तालिममा चक्रघटा गाउँपालिका ९ वटै वडाका बालविकास शिक्षक, प्रावि शिक्षक तथा स्वयम सेवक मध्ये प्रत्येक वार्डबाट २÷२ जना गरी तालिममा १८ जना सहभागि रहेको थियो भने लालबन्दी नगरपालिकाका १७ वटै वडाबाट प्रत्येक वार्डबाट १÷२ गरी जम्मा २५ जना सहभागीको सहभागिता रहेको आयोजकले जनाएको हो ।
प्रतिक्रिया