माडर नाकाबाट ‘मोहनको माल’ लाई प्रहरीको सँरक्षण, फोनमै गर्छ तस्करसँग सेटिँग

मधेशपाटी अनलाइन     २०८० जेष्ठ ८, सोमबार १३:३२ बजे मा प्रकासित


सिरहा । सिरहा प्रहरीले बारम्बार तस्करहरुसँगको सेटिँगले विवादमा रहँदै आएको सिरहाको विभिन्न नाकाबाट तस्करलाई लाइन दिएको खुलेको छ ।

सिरहाको मुख्य नाका माडरबाट दिनहुँ लाखौंको समान प्रहरीले बिना भन्सारको पास गराउँदै आएको खुलेको छ । भारतबाट भन्सार छली गरी ल्याउने समानलाई प्रहरीले तस्करलाई लाइन दिनेको गरेको छ ।

सिरहा भन्सारबाट प्रहरीले तस्करहरुलाई मात्र नभएर सिरहाका मध्यमदेखि ठुला व्यापारीहरुलाई समेत लाइन दिएको छ । व्यापारीहरुसँग महिनबारी रकम लिएर उनीहरुलाई बिना भन्सारकै समान पास गराई करोडौँको भन्सार छली गराउन सहयोग गरेको देखिएको छ ।

सिरहाको माडर नाकाबाट एक दिनमा लाखौंको समान झिकाउने सिरहाका व्यपाारी मोहन यादवको मालसमान विभिन्न सवारीबाट भित्रयाउने गरेको छ । जसको लागि प्रहरीसँग सेटिँग गरी फोन कलको भरमा छाडने गरेको छ ।

शुक्रबार माडर नाकाबाट लाखौंको समान व्यापारी मोहन यादवले मगाए । उनले केही समान मोटरसाईकलमा, केही समान बस मार्फत मगाएको देखिए । न्यूज ब्यूरोका सिरहा प्रमुख सबिन यादवले मोहनको माललाई पछयाउँदै गर्दा त्यहाँ प्रहरीसँग सेटिँग भएको देखियो ।

व्यापारीका एक मान्छेलाई रोकाएर सोधपुछ गर्दा बोरा भित्र राखिएको रजनीगन्धा, सागर दुधको प्याकेटहरु व्यापारी मोहन यादवको रहेको खुलाए । न्यूज ब्यूरोकर्मीले प्रहरीलाई जानकारी गराएपछि केही बेर रोकिएको थियो ।

केही बेरमा व्यापारी मोहन यादवको फोन आएपछि प्रहरीले उनलाई बिना चेकजाँचकै छाडेको भिडियो प्रष्ट छ । (भिडियो प्रमाण छ) सबिन यादवले गरेको स्टीँग अपरेशनको क्रममा प्रहरीलाई किन छाडनुभएको भन्ने प्रश्नमा केही पनि जवाफ नदिएको देखिएको छ ।

त्यसअघि मोहन यादवको मालसमान बोकेर पुरयाउने व्यक्तिसँग सोध्दा उनले प्रहरीलाई हाम्रो लाइन रहेको प्रष्ट खुलाएका छन् । ती व्यक्ति (नाम गोप्य राखिएको) का अनुसार, मोहनले सिरहा, बिशनपुरा, बलुवा लगायतका प्रहरीलाई मालसमान पार गराए वापत महिनबारी तिरिरहेको प्रष्टयाएका छन् ।

नेपाल प्रहरीले विभिन्न ठाउँमा उनलाई मोहनको फोनपछि छाडेका थिए भने त्यसपछि सशस्त्र प्रहरीलाई जानकारी गराएपछि उनलाई पुनः रोकिएको थियो । सशस्त्र प्रहरीकै अगाडी उनले विभिन्न ठाउँमा खटिने नेपाल प्रहरीलाई महिनबारी मोहनले दिने गरेको बताएका छन् ।

“हजुर, म गरिब छु, म त काम गर्छु, यो सबै मोहनको माल हो, मोहनले नै सबै ठाउँमा प्रहरीलाई पैसा दिन्छन् । प्रहरीले लाइन दिएको छ । अरु मलाई केही थाहा छैन् ।”– ती व्यक्तिले भिडियोमा भन्छन् ।

माडर नाकादेखि सिरहा हुँदै चोहर्बादेखि पूर्व पश्चिम राजमार्गमा हरेक बजारसम्म यीनीहरुको लाईन प्रहरीसँग सेट गरिएको हुन्छ । प्रहरीले मासिक रुपमा केही रकम लिएर सरकारको भन्सार छली गराउन सहयोग गरेको छ ।

उनले प्रहरीलाई सबै ठाउँमा लाइन तिरेको भन्दै प्रहरीले आफूलाई कतै पनि नरोक्ने बताउँदै प्रहरीको हैसियत पनि दर्साए । भन्सारबाट आउने समानको लागि बिल मोहनसँगै हुने र आफूहरु केही केही गरी समान ल्याउने गरेको बताएको छ ।

यस अनुसार, माडर नाकाका भन्सार कर्मचारी, डयुटीमा खटेका सुरक्षाकर्मी पनि तस्करलाई सघाएर सरकारको राजस्व छली गर्न सहयोग गरेको प्रष्ट हुन्छ ।

 

प्रतिक्रिया





Top