सिल गरेको पानी बोत्तल भित्रै किरा भेटिएपछि

मधेशपाटी अनलाइन     २०८० जेष्ठ ८, सोमबार १४:५१ बजे मा प्रकासित


जनकपुरधाम । धनुषामा ग्राहकलाई पिउने पानीकाे बोत्तल दिंदा सिल गरेको पानी बोत्तल भित्रै किरा भेटिएको पाईएको हो ।

मानव शरीरमा लगभग ७२ प्रतिशत भाग पानीले ओगटेको हुन्छ । मानव शरीरले दैनिक कार्यहरू सहजरूपमा गर्नका लागि दैनिक १ लिटर देखि ७ लिटर सम्म पानीको आवश्यकता पर्छ। यस्तो अवस्थामा पनजिस्तो संवेदनशील पदार्थमा जलस्रोतको आधारमा विश्वकै दास्रो नेपालजस्तो मुलुकमा बेच्नकालागि तयार पारीएको सलाइन्समा नै फोहोर भेट्टिनु कत्तिको जायज हो ?

गर्मीयाममा चिसो पेय पदार्थको प्रयोगमा बृद्धि भएको बेला बन्द बोतल भित्र किरा भेट्नु र डिलर लगायत कम्पनीले चासो नदेखाउनु आफैंमा गम्भिर प्रश्न रहेको भन्दै स्थानीवासिन्दाले सम्बन्धित विक्रेता र कम्पनीप्रति आक्रोश पोखेका छन् ।

स्वास्थ्यको मामिलामा संवेदनशिल रहेको मिनरल पानीको बोतलमा झिँगा फेला परेका छन ।धनुषाबाट उत्पादित हुने आरती धारा नामक पानीको बोतलमा मरेको झिँगा फेला परेको हो।

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुरबाट प्याकिँग हुने गरेको आरती धारा नामको पानीको बोतलमा मरेको झिंगा भेटिएपछि गुणस्तरहिन पानी बेच्ने गरेको खुलेको छ।

 

धनुषा जिल्लाको सबैला नगरपालिका ९ स्थित भठिहन बजारको एक पसलमा बेच्नको लागि दिएको पानीको बोतलमा झिँगा फेला परेको हो । स्वास्थ्यको लागि हानिकारक किरा मानिएको झिँगा पानीको बोतलमा भेटेपछि बिना प्यूरिफाई गरी पानी मूल्य लिएर बेच्ने गरेको आरोप लगाइएको छ।

घरेलु उद्योग वा फुड सेफ्टी डिपार्टमेन्टले अनुगमन नगर्दा गुणस्तरहिन पानी विक्री वितरण गर्दै आएको छ । आरती धाराले उत्पादन गर्ने बोत्तलमा कुनै मितिसिति समेत लगाइएको देखिदैनन् ।

पानीको बोतलमा किरा भेटिएपछि आरति धारा सन्चालकले उक्त बोतलमा चापाकलबाट पानी भरि कम्पनिलाइ बदनाम गर्न लागेको जनाइएको छ।

प्रतिक्रिया





Top