मधेश प्रदेश : मन्त्रालयमा सत्ता गठबन्धन दलको छलफल सुरु

मधेशपाटी अनलाइन     २०८० जेष्ठ ८, सोमबार १५:४१ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रालयको टुङ्गो लगाउन सत्ता गठबन्धन दलको बैठक आज बसेका हुन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सत्ता गठबन्धन दलका संसदीय दलका नेता तथा सांसदहरुको उपस्थितिमा छलफल सुरु भएको हो ।

 

बैठकमा जसपाका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादव, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता अभिराम शर्मा, नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने, माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहलगायत गठबन्धन दलका सांसदहरु उपस्थित रहेका छन् ।

सत्ता गठबन्धनले संघमै मधेस प्रदेशको मुख्यमन्त्रीको टुङ्गो लगाएपछि मन्त्रालयको विषयलाई लिएर प्रदेशमा छलफल सुरु भएको हो ।

प्रतिक्रिया





Top