जनकपुरधाम । स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक भारतिय नागरिकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हाे ।
भारतको सितामढी जिल्ला मनपुरग्राम पञ्चायत घर भई हाल धनुषाको जनकपुर जनकपुरधाम उपमहानगरपालिका -६ मा डेरा गरी बस्ने २५ वर्षीय रन्धिर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।
विशेष सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका– वडा नम्बर ६ डोम्बाबारीबाट प्रहरीको गस्ती टोलीले उनलाई स्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्राउ गरेको एसपी खड्काले जानकारी दिनुभयो ।
पक्राउ परेका ठाकुर हुन्डी कारोबारी हुन सक्ने प्रहरीले आशंका लागेको छ ।
प्रतिक्रिया