काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दे रोस्टम घेरेपछि सदन बैठक २० मिनेटका लागी स्थगित भएको छ। सत्तापक्षले आफूहरूमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेले सदन अवरुद्ध पारेको हो।
एमाले प्रमुख सचेतक पदम गिरीले पशुपतिनाथ मन्दिरको जलहरि लगाउन विषयमा पित्तलको जलहरि चढाएर अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षले लगाएको भन्दै सत्यतथ्य छानविन नभएसम्म सदन चल्न नदिने भन्दै एमालेले सदन अवरुद्ध बनाएको हो।
गिरीले पशु्पतिनाथको मन्दिरमा लहरी हो कि पित्तल हो सो को बारेमा सरकारले आफनो धारणा राख्नु् पर्ने माग गरे । उनले एमालेप्रति लगाइएको उक्त आरोप संसदको रेकर्डबाट हटाउन पनि माग गरेका छन् ।
सभामुख सापकोटाले पटक–पटक संसदको नियमित प्रक्रियामा जान आग्रह गर्दा पनि एमालेले निरन्तर नाराबाजी गरेपछि संसद बैठक अबरुद्ध भएको हो ।








प्रतिक्रिया