फेरी, बिरेन्द्रबजार-यदुकुहा-महिनाथ्पुर सडकमा ७ दिने सूचना, शिघ्र खाली गरौं’

न्यूज डेस्क     २०८० जेष्ठ १३, शनिबार ०८:०२ बजे मा प्रकासित


जनकपुरधाम। हुलाकी राजमार्ग (हुलाकी सडक) लाई खाली गर्न आम सर्वसाधारणलाई ७ दिने सूचना प्रकाशित गरिएको छ ।

धनुषाको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत पर्ने बिरेन्द्रबजार-यदुकुहा-महिनाथ्पुर सडकको केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर सडक सिमा कायम रहेकोमा यो सडक सिमा भित्र अतिक्रम गरिएको घर/टहराहरु सात दिन भित्र  हटाउन हुलाकी कार्यालयले जनाएको छ। न-हटाएको खण्डमा ऎन २०३१ बमोजिम कार्वाही प्रक्रिया अगाडि  बढाउन चेतावनी समेत हुलाकी राजमार्ग कार्यालयले दिएको छ।

जिल्लाकै उच्च जोखिममा पर्ने यी हुलाकी सडकमा दिन्हु मान्छेको ज्यान-धनजनको क्षति भएको हुँदा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। पुर्व सूचना निकालेको दिन धनुषाका डिएसपी, ट्राफिक प्रहरीका प्र.नि.को टिमले धनुषाको भठिहनमा ट्राफिक जनचेतना संबंधित कार्यक्रम गराएका थिए र स्थानीयहरुले बाटोको बारेमा गम्भीर ध्यानाकर्षण समेत गराए।

यता, स्थानीय घरधनीहरुले डारेक्ट  सुचना निकालेर समस्याको समाधान हुँदैन, खाली गर्छौ तर हामिहरुलाई पहिला मुआब्जा दिओस, मुआब्जा बिना हामी खाली गर्दैनौं। अब हेरौं एक हप्ताको समय दिएको छ, मेरो गाउँ भठिहन सेन्टरमा परेको छ, कहाँबाट सुरु हुन्छ स्थानीय मुरारी साहले बताए। अर्को स्थानीय धनेस्वर भगतले नालाको छेउमा नयाँ घर बनाए, स्वयम कार्यालयले भनेका थिए कि नालाको छेउमा घर बनाउदा पनि हुन्छ। अब फेरि हटाउन भन्दै छन्, यो चाहिँ राम्रो भएन आरोप लगाए।

प्रतिक्रिया





Top