नगरपालिकाका कार्यपालिका सदस्य मण्डलको पद चट्ट

न्यूज डेस्क     २०८० जेष्ठ १३, शनिबार १५:०७ बजे मा प्रकासित


महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाको कार्यपालिका सदस्य विजय मण्डलको पद उच्च अदालतले बदर गर्ने फैसला गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय भोजराज अधिकारी र रामेश्वर रेग्मीको संयुक्त इजलासले मण्डलको कार्यपालिका सदस्य बदरको फैसला सुनाएको हो ।

काँग्रेसबाट मेयर पदमा पराजित भएपछि मण्डल कार्यपालिका सदस्यका लागि अल्पसंख्यक सूचिबाट निर्वाचित भएका थिए । अल्पसंख्यक अन्तर्गत धानुक (मण्डल) जात नपरेपनि निर्वाचन अधिकृतको कार्यालयले मण्डलको उम्मेदवारी दर्ता गरेको थियो । तत्माले जिल्ला निर्वाचन कार्यालय महोत्तरी, निर्वाचन अधिकृतको कार्यालय भंगहा समेतलाई विपक्षी बनाइ उच्च अदालत जनकपुरमा रिट हालेका थिए ।

प्रतिक्रिया





Top