महोत्तरी : NMB बैंकमा बन्दुक देखाएर दिनदहाडै लुटपाट

न्यूज डेस्क     २०८० जेष्ठ १६, मंगलवार १४:३९ बजे मा प्रकासित


जनकपुरधाम । महोत्तरीकाे एक बैंकमा दिनदहाडै लुटपाट भएको घटना बाहिरिएका छन ।

जिल्लाको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखामा मङ्गलबार दिनदहाडै लुटपाट भएको हो । हत्यारधारी समूहले बैंकमा प्रवेश गरेर ठूलो रकम लुटेर गएको महोत्तरी प्रहरीले जनाएको छ ।

लुटिएको रकम बारे भने प्रहरीले कुनै जानकारी खुलाएको छैन ।दिउँसो बैंकमा प्रवेश गरेर समूहले बैंकका कर्मचारीहरुलाई बन्दुक देखाउँदै रकम लुटपाट गरेको सार्वजनिक भएको सिसीटिभी फुटेजमा देख्न सकिन्छ ।

कम्तिमा पनि तिनजनाको समूहले बैंकमा लुटपाट गरेर देखिन्छ । यद्यपि लुटेराहरुको सङ्ख्या पनि खुल्न सकेको छैन ।

प्रतिक्रिया





Top