मिटर ब्याजसम्बन्धी कानूनले समाजमा नकारात्मक असर फैलायो : प्रदेश सांसद सिंह

न्यूज डेस्क     २०८० जेष्ठ १८, बिहीबार १०:३१ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशका सांसद सरोजकुमार सिंहले सरकारले ल्याएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कानुनले समाजमा विकृति फैलाएको बताएका छन् ।

बैठक बसेको प्रदेशसभामा बोल्दै उनले बिना छलफल फास्ट ट्र«याकको माध्यमबाट ल्याइएको मिटरब्याज सम्बन्धी कानुनले समाजलाई विभाजित गरेको बताए ।

 

संघ सरकारले सामाजिक बन्धन र सद्भावमाथि प्रहार गरेको उनले आरोप लगाए ।

मुलुकी ऐन र मुलुकी देवानी संहिताले तमसुक वडा कार्यालयमा दर्ता गर्नुपर्ने स्पष्ट रहेको भन्दै उनले सरकारले फास्ट ट्रयाकबाट ल्याएको अनुचित लेनदेन सम्बन्धी अध्यादेशले समाज विचलित भएको बताए ।

सरकारले मिटरब्याज सम्बन्धी कानुन ल्याउँदा निम्न वर्गका व्यक्ति पनि अप्ठयारोमा परेको उनले बताए

प्रतिक्रिया





Top