तराईमा अत्याधिक गर्मीका कारण जनजिवन कष्टकर

मधेशपाटी अनलाइन     २०८० जेष्ठ १८, बिहीबार १०:५६ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम। तराईमा केहि दिन देखि बढिरहेको गर्मीका कारण जनकपुरधाम सहित तराइको विभिन्न स्थानको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । लामो खडेरीका कारण पानी पर्न नसक्दा गर्मी बढ्नुका साथै जमिन तातेको छ । पानीको मुहानहरु सुक्दा र जमिन तातो हुंदा दिउँसोको घाममा मानिसहरुलाई बाहिर निस्किन समस्या हुन थालेको छ ।

गर्मीका तापक्रम बढ्नुको साथै चल्ने तातो हावा, हुरी, धुलोका कारण जनजिवन अत्यन्तै कष्टकर बन्नुको साथैै ग्रामीण बस्तीहरुमा आगलागीको जोखिम समेत बढेको छ । गर्मिका कारण सबैला बजार क्षेत्रमा सर्बसाधारणहरुको चहलपहल समेत कम देखिन थालिएकोे छ भने अस्पताल परिसर भित्र बिरामिहरुको संख्या ह्वातै बढेको छ । गर्मिका कारण अस्पतालमा बढि बृद्ध र बालबालिकाहरु आउने गरेको जनाएको छ ।

गमिले गर्दा बढि झाडापखाला,ज्वरो,टाइफाइड जस्ता बिरामिहरु अस्पतालमा आउने गरेको  बताए । उनले गर्मि महिनामा खाना फोहोर हुँदा,पसिना आँउदा यस्ता रोगहरु लाग्ने गरेको बताए । एक्कासि मौसम परिवर्तन भई तापक्रम बढ्दा चापाकलहरु सुकिसकेका छन । जनकपुरधाम पर्यटकिय स्थल रहेकोले स्थानिय निकायलाइ ठाउँठाउँमा पानी,पंडाल सहितको व्यवस्था गर्न स्थानियले आग्रह गरेका छन् ।

पानी नपरेका कारण गर्मी बढ्दै गएको मौसम विभागको भनाई छ । जेष्ठ महीनाको पहिलो सातामै गर्मीको पारो ३७ डिग्रीभन्दा माथि गइसकेकाले आगामी दिनमा तापक्रम अभैm बढी हुनसक्ने सम्भावना छ । अहिले बाहिर निस्किँदा छाता प्रयोग गर्नुपर्ने, चिसो पानी प्रशस्त पिउनु पर्ने र चिसो फलफूल मेवा, उखु, तरवुजा, काँक्रा आदिको सेवन अत्यधिक गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।

 

प्रतिक्रिया





Top