जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवले अदालतको आदेशलाई नमान्दै सडक निर्माण कार्य अगाडी बढाएका छन् ।
उच्च अदालत जनकपुरले शहिदनगर नगरपालिका वडा नं. २ चोराकोयलपुरस्थित रहेको स्थानीय पाण्डव यादवको जग्गा अतिक्रमण गरी सार्वजनिक सडक निर्माण गर्न निषेधाज्ञा लगाएको अवस्थामा मेयर यादवले डोजर चलाएका हुन् ।
सो सडकखण्डमा बाटो निर्माणको लागि मेयर यादवले पाण्डवको नीजि जग्गा अतिक्रमण गरी सडक निर्माण गर्न लागेपछि यादवले अदालत गुहारेका थिए । अदालतले सो जग्गामा अन्तिम निर्णय नभएसम्म कुनै कार्य नगराउन अन्तरिम आदेश दिएपनि मेयर यादवले अटेर गरी बाटो खनाएका छन् ।
मेयर यादवले सार्वजनिक बाटो निर्माणको लागि सबैको सहमति भएको अवस्थामा पाण्डव यादवले मात्र बाटो अवरुद्ध गर्नु अनुचित रहेको बताए । उनले पाण्डव लगायत दर्जनौ जनाको केही जमिन सडकमा परेको बताउँदै उनीहरुकै लागि सडक निर्माण गर्दा पाण्डवले निहुँ खोजेको बताए ।
सो जमिनमा डोजर नचलाउन, बाटो नबनाउन ईलाका प्रहरी कार्यालय यदुकूहालाई समेत उजुरी दर्ता गराएकोमा ईलाका प्रहरीले समेत आदेश कार्यन्वयन गराउनुको साटो प्रतिनीधि पक्षबाट सहयोग गरेको पाण्डवको आरोप छ ।
प्रतिक्रिया