मधेस प्रदेश सरकारले अरुभन्दा फरक काम गर्नुपर्छ : शिक्षामन्त्री यादव

मधेशपाटी अनलाइन     २०८० जेष्ठ २१, आईतवार १०:४७ बजे मा प्रकासित


जनकपुरधाम । मधेस प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले संघीयताको संस्थापक मधेस प्रदेश रहेकोले मधेस प्रदेश सरकारले अरु प्रदेशभन्दा फरक एवं प्रगतिशिल काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा आयोजना गरेको प्रगति समिक्षा कार्यक्रममा बोल्दे उनले संघीयताप्रति समुदायमा सकारात्मक सन्देश जाने गरी कामकाज गनुपर्ने बताए । उनले सरकारले गरेको कामकाजलाई प्रोत्साहन गर्दै सबैले मिलेर अनिवार्य रुपमा पूर्व शर्तहरु अनुरुप अगाडि बढ्नुपर्ने बताए ।

‘आगामी दिनहरुमा नेपाल सरकार तथा मधेस सरकारले लिएको नीति तथा कार्यक्रमहरुलाई आत्मसात गरी आम जनमुदायसमक्ष पुर्याउन ढृढ संकल्प गरी अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘पछिल्लो सरकारले सकारात्मक पक्षलाई आत्मसात र नकारात्मक पक्षलाई त्यागेर अगाडि बढ्नुपर्छ ।’ उनले सेवा एवं वितरण प्रणालीलाई न्यायिक बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री यादवले प्रदेश सरकार र खासगरी शिक्षा तथा समाज कल्याण मन्त्रालयले गरेको कामको प्रत्याभूति आम जनतासमक्ष पुर्याउनुपर्ने बताए । आफूहरुको मुख्य लक्ष्य नै जनतको सेवा गर्ने रहेको बताउँदै उनले राजनीति गर्ने व्यक्ति र राष्ट्रसेवक कर्मचारीको पनि काम र कर्तव्य त्यही रहेको बताए ।

‘जिम्मेवारी समयमै इमानदारीपूर्वक कार्यसम्पाद गर्नुपर्छ,’ उनले भने,‘कामको बहानामा ढिला सुस्ती हुनुभएन, कार्यालय समयभित्र कर्मचारी हाजिर हुनुपर्छ । प्रकृयामुखी भन्दा ग्राहकमुखी वा नतिजामुखी नीति तथा व्यवहार अवलम्बन गर्नु आजको आवश्यकता हो ।’

उनले शिक्षा तथा समाज कल्याण मन्त्रालय तथा मातहतका निकायहरुबीच कार्यसम्पादनमा आर्थिक मितव्यतिता अपनाउन समेत आग्रह गरे । साथै मन्त्रालय वा मातहतका निकायका प्रमुखहरुसँग भए गरेका कामहरुको प्रगतिका विषयमा हरेक ३ महिना सम्बाद हुनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया





Top