प्रहरीकै सेटिङमा घरमा बन्यो जुवाको अखडा !

न्यूज डेस्क     २०८० जेष्ठ २१, आईतवार १०:५० बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा अवैध रूपमा क्यासिनो अर्थात जूवा अखडा नै संचालन भएको छ । स्थानीय मात्रै नभएर उक्त जूवा अखडामा जूवा खेल्नका लागि सर्लाही , महोत्तरी , रौतहट , बारा र पर्साबाट मात्रै होइन हेटौंडाबाट र भारतीय नागरिक समेत आउने गरेको तथ्य उजागर भएको छ ।

जुवाडेहरू मात्रै होइन स्थानीयले समेत यस अखडालाई मिनी क्यासिनोको नाम दिएका छन् । क्यासिनो अर्थात जुवा अखडा संचालन गर्ने प्रमुख व्यक्तिहरूमा किशोरी साह र दामोदर भुजेल प्रमुख छन् । उनीहरूले जानकी मन्दिर नजिक किशोरीनगरमा जुवा खेलाउंदै आएका छन् । धेरै जसो त दामोदर भुजेलको घरमा नै जुवा अखडा चल्दै आएको स्थानीयहरू बताउँछन् ।यो जुवा अखडामा दैनिक करोड सम्मको कारोवार हुने गरेको पनि जुवा खेल्नेहरू नै बताउँछन् ।

 

जुवा खेलाउन सहयोग गरेवापत र छापा नहानिदिएको कारण उनीहरूले प्रहरीलाई ठूलो रकम दिने गरेको समेत सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको नाममा रकम उठाउने काम उजुरी छानबिनका सई राजेश सिंहले गरेको समेत सार्वजनिक भएको छ भने अधिकार बिनाको संघिय इकाई प्रहरी कार्यालयलाई समेत जुवा संचालकहरूले मोटो रकम दिदै आएको खुलेको छ । संघिय प्रहरीको प्रमुख एसएसपी ध्रुव राउतको नाममा सोही कार्यालयका निरीक्षक लंक बहादुर श्रेष्ठले रकम लिने गरेको पनि खुलेको छ । यी दुबै प्रहरीहरू गत सोमबार बहालवाला एक सईको बजारस्थित घरमा गएर जुवा संचालकहरूबाट रकम लिएको समेत खुलेको छ ।

त्यसैगरी धनुषाका चर्चित तस्कर राजिव महासेठलाई पनि तिनै सईको घरमा भेटेर उनीहरूले रकम लिएको समेत खुलेको छ। त्यसैगरी बेचन शर्मा नाम गरेका क्रसर व्यवसायीसंग पनि त्याहांबाट सरूवा भएर गएका एक सई मार्फत भेटघाट गरेर रकम लिएको खुलेको छ । सई राकेश सिंह तिनै व्यक्ति हुन जो सर्लाहीको त्रिभुवननगर इप्रकामा हुदां तस्करसँग घुषको रकम लिदै गर्दा रंगेहात पक्राउ परेका थिए । महोत्तरी घर भएका सई सिंहले रामानन्द चोक भित्र आंखा अस्पताल नजिकै सुबिधा सम्पन्न महल बनाएका छन् ।

 

यस प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बिश्व राज खड्कासंग जिज्ञासा राख्दा उनले छानबिन गर्ने बताए ।स्मरण रहोस , संघिय इकाई प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालय मातहत रहने व्यवस्था छ । प्रदेश प्रहरी प्रमुखले चाहेर पनि त्याहा कार्यरत प्रहरीलाई कुनै कारवाही गर्न सक्दैनन् ।

प्रतिक्रिया





Top