जनकपुर : यातायात कार्यालयबाट प्रहरीले १ दलाल पक्राउ

न्यूज डेस्क     २०८० जेष्ठ २२, सोमबार ०६:०६ बजे मा प्रकासित


जनकपुरधाम । यातायात कार्यालय जनकपुरबाट एकजना बिचौलिया पक्राउ परेका छन् ।

आइतबार दिउँसो करिब साढे १२ बजेको समयमा जनकपुरधाम उप–महानगरपालिका १४ स्थित रहेको यातायात कार्यालय जनकपुरमा बिचौलियाको काम गरिएको गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

पक्राउ पर्नेमा जनकपुरधाम १९ जमुनिया बस्ने २६ वर्षीय पुनित यादव रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिएका हुन ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया





Top