सबैला(धनुषा)। गर्मी बढेपछि धनुषाको सबैला नगरपालिकामा पर्ने सम्पुर्ण सामुदायिक, धार्मिक र संस्थागत विद्यालयहरुमा चार दिनका लागि अर्थात् भोलि जेठ २३ गते मंगलबार देखि शुक्रबार सम्म बिहानी कक्षा सञ्चालन गरेको छ । दिउँसोको समयमा पढाउँदा गर्मिका कारण विद्यार्थीलाई रिनाँटा लाग्ने र बेहोस हुने लगायतका स्वास्थ्य समस्या देखिएपछि चारदिनको लागी विद्यार्थीहरूलाई बिहानी समयमा कक्षा सञ्चालनको लागि नगरपालिकाले सूचना निकालिएको छ।
शिक्षा‚ विकास तथा समन्वय इकाई जनकपुरधामले यस्तो निर्णय गरेको हो । कतिपय स्थानीय तहले पनि बिदाको घोषणा गरेका छन् ।
पछिल्ला केही दिनदेखि बढ्दै गएको गर्मीको कारण जनजीवन कष्टकर बन्दै गएको छ । बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४३-४४ डिग्रीसम्म तापक्रम पुग्ने गरेकाले जनजीवनसमेत प्रभावित बनेको छ ।
प्रतिक्रिया