धनुषामा पानीको चरम संकटमा सुक्न थाले हातेकल, सम्बन्धित निकाय माैन

न्यूज डेस्क     २०८० जेष्ठ २३, मंगलवार १३:२२ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । धनुषा जिल्लाकाे कतिपय गाउँमा हाते कल खानेपानी संकटमा पर्न थालेको हाे । खुशीयाले भने खाना र लत्ताकपडा सफा गर्न र गाईभैंसी, खसीबाख्रालाई पानी खुवाउन पनि निकै सास्ती भोग्नु परेको उनले बताइन् ।

खाना पकाउन र पिउनका लागि पानी ३ बजे रातिमै उठेर चापाकलमा पानी भरेर बालटिनमा ल्याएर काम चलाउनुपरेको उनले सुनाइन् । दिन भएपछि चापाकलमा पानी आउन छाडेको छ ।

शुद्ध पानी पिउनका लागि उनको घरको आँगनमा एक सय ५० फिट गहिरो चापाकलको पाइप गाडिएको छ । चैत अघिसम्म चापाकलमा खुबै पानी आउथ्यो । एक पल्ट चापाकलको
ह्यान्डिल दबाउँदा लोटा भरिन्थ्यो । तर चैतमा यता उक्त चापाकलबाट कम पानी आउँछ ।
चैतको दोस्रो सातादेखि त जति पेले पनि चापाकलमा पानी नै आउँदैनन । एकैछिनमा लोटा भरिने चापाकललाई बेस्सरी पेल्दा ५/१० मिनेटमा पनि लोटा भरिँदैन । कलकाे लेयर सुकेर चापाकलबाट अहिले पानी नै आउन छाडेको उनले जानकारी दिइन् ।

सुक्खायाम बढेसँगै हसपुर र मिथलेशवर लगायतका वरिपरि काचापाकल (हातेकल) सुक्न थालेका छन्। जसका कारण पिउने पानी हाहाकार हुन थालेको छ। हसपुर नगरपालिका र मिथिला बिहारी नगरपालिकाका अधिकांस वडाका हातेकलमा यतिबेला पानी आउन छाडेको छ। बिजुली लगाएर मोटरले पानी ताने पनि पानी आउन छाडेको स्थानीयले बताउने गरेका छन्।

धनुषाको हसपुर नगरपालिका वडा नम्बर ३ र मिथला नगरपालिका वडा नम्बर ३ मिथलेशवर का स्थानीय खानेपानी लिन कै लागि अर्को हाते कल तिर जान थालेका छन् तर पनि कतिपय कल उस्तै देखिन्थे । उक्त ठाउँको पश्चिमपट्टि खानेपानीको बोरिङ जडान गरिएको छ। पछिल्ला केही वर्षदेखि वैशाख नलाग्दै धारा सुक्न थालेपछि गाउँ हसपुर र मिथलेशवरवासी मर्कामा पर्न थालेका छन् ।

हातेकलमा पानी आउन छाडेपछि स्थानीय सबेरै अर्को कल तिर पानी लिन जाने गरेका छन्। साथै साँझपख चापकलमा अलि अलि पानी आउने भएकाले त्यही पानी जम्मा गरेर राख्ने गरेकोका साह बताउँछन्। भन्छन्, ‘त्यही पानी जम्मा गरेर राख्ने गरेका छौं।’ उनले थपे, ‘बिहान ३/४ बजे तिर अलि अलि पानी आउँछ, त्याे पनि विस्तारै सुक्दै जान्छ।’

हँसपुरलगायत स्थानमा दिउँसोको समयमा मोटरले समेत पानी तान्न छाडेको छ। हसपुरमा ४ सय फिटभन्दा कम गहिराइमा गाडिएको धारामा प्रायः यस्तो समस्या देखिने गरेको छ। ३ नम्बर वडाका स्थानीय भन्छन्, ‘पिउने पानी बजारबाट ल्याउने गरेका छौं, लुगा धुन पनि मिनरल वाटर प्रयोग गर्नुपर्ने अवस्था आउन लागिसक्यो।’
स्थानीयले दिनकै यस्तो समस्या सुनाइरहँदा सम्बन्धित पक्षले भने यसबारे कुनै चासो नदिएको उनीहरुले गुनासो गर्न थालेका छन्।
पानी आउन छाडेपछि अहिले हातेकल लाई राखिएकाे हाे ।

प्रतिक्रिया





Top