जनकपुर : चोरीको भैँसीसहित एक जनालाई प्रहरीले पक्राउ

न्यूज डेस्क     २०८० जेष्ठ २३, मंगलवार १४:५४ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा प्रहरीले दुईवटा चोरीको भैँसीसहित एक जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका ७ बस्ने ३७ वर्षीय बली मुखिया रहेका छन् । गत २१ गते रातिको समयमा मिथिला विहारी ६ पथरा टोलका सुबलाल यादवको गोठबाट मुखियाले २ वटा भैँसी चोरी गरेका थिए ।

तारापट्टी टोलस्थित भित्री सडक खण्डमा भैँसीलाई पैदल हिँडाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

मुखियालाई चोरीसम्बन्धी कसुर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया





Top