कविलासीमा दलित सशक्तिकरण ऐन कार्यन्वयन अवस्था र चुनौती विषयक नितिगत छलफल सम्पन्न

न्यूज डेस्क     २०८० जेष्ठ २५, बिहीबार १४:११ बजे मा प्रकासित


सर्लाही, कविलासी ।। सर्लाहीको कविलासी नगरपालिकामा दलित सशक्तिकरण ऐन २०७६ स्थानिय स्तरमा कार्यन्वयन अवस्था र चुनौती विषयक नितिगत छलफल गरिएको छ ।

कविलासी नगरपालिका का उपप्रमुख तथा न्यायिक समिति संयोजक पुनम कर्णको प्रमुख आतिथ्यतामा सामरी उत्थान सेवा र स्थानिय दलित स्टोरी क्लबको संयूक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको क्लबको संयोजक ओम पासवानले जानकारी दिए ।

दलित सशक्तिकरण ऐन २०७६ स्लाईड दलित अधिकरकर्मी राजेश पासवानले प्रस्तुत गरेका थिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दलितको अनुहारमा खुशी ल्याउने दलित सशक्तिकरण ऐन २०७६ कार्यान्वयन अवस्था सुस्त रहेको उहाँले जिकिर गरेका थिए ।

दलित वडासदस्य रिन्कु पासवानले यो कार्यक्रमबाट दलित ऐन सम्बन्धि धेरै नयाँ कुरा सिक्न पाएकोमा खुशि व्यक्ति गरिन । पहिलादेखि यो ऐनको बारेमा हामी अनविज्ञ थियौं, उहाँले भनिन । अव कार्यसमितिमा लगी कार्यान्वयनमा पहल गर्नेमा उहाँले जोड दिईन ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख पुनम कर्णले स्थानिय सरकार दलित पक्षमा हर समय अभिभावकको भूमिका रहने दाबी गरिन । गरिब, दलित तथा विपन्नका सवालमा स्थानिय सरकार प्रतिबद्व रहेको बताउदै उनिहरुको जिवनस्तर, रोजगारी, समाजिक न्यायका लगायत हरेक कुरामा हामी गम्भिर छौं, उहाँले भनिन । उहाँले बालविवाह रोकथाम तथा नियन्त्रणका लागि कक्षा १२ पास गरी २० बर्ष पारी बिहे गर्ने छोरीलाई नगद २५हजार पुरस्कार दिने घोषणा गरिन ।

नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत ज्युवाट कार्यपालिका बैठक गरी दलित ऐन तुरुन्त कार्यान्वयन गराउने कार्यालयबाट प्रतिवद्धता समेत उहाँले गरिन ।

दलित स्टोरी क्लबका अध्यक्षले ओम पासवानले दलित ऐन सम्बन्धि कार्यपत्र नगर उपप्रमुख पुनम कर्णलाई हस्तानान्तरण गरिएको हो ।
वृद्ध वडा सदस्य रामस्वगारथ पासवानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सामरी उत्थान सेवाका कार्यसमितिका सदस्य मनोज पासवानले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख पुनम कर्ण, दलित महिला वडा सदस्यहरु, नगरपालिकाकार्यसमिति सदस्य, मानव अधिकार रक्षक संजालका अध्यक्ष मुकेश मिश्र, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष राजेश पासवान, संचारकर्मी राधेश्याम कुश्वाहा, दलित अगुवा, समाजसेवी लगायत दलित यूवा क्लबका सदस्यहरु उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया





Top