जनकपुरधाम । एन्टिवायोटिक औषधिको अत्यधिक सेवनका कारणले मान्छेमा रोगको प्रतिरोधी क्षमतामा व्यापक मात्रामा ह्रास आउन थालेको बताइएको छ । मान्छेमा रोग प्रतिरोधी क्षमतामा ह्रास आउन थालेपछि विभिन्न रोगले च्याप्दै मानिशको मृत्यु दरमा वृद्धि भएको समेत देखाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा यूएसएआइडिको सहयोगमा मधेश प्रदेशका पत्र कारहरूसँग एन्टिवायोटिक औषधिको प्रयोगबाट हुने प्रभावका विषयमा बुधवार जनकपुरधाममा भएको पत्रकार सचेतना कार्यक्रममा बोल्दै विज्ञहरूले एन्टिवायोटिक औषधिको जथाभाबी सेवनका कारणले अहिले अनेकन स्वास्थ्य समस्या उत्पन्न भएको छ । एन्टिवायोटिक औषधिको जथाभाबी सेवन गर्ने प्रवृत्तिका कारणले औषधिले पनि काम गर्न बन्द गर्ने गरेको छ ।
एन्टिवायोटिक औषधिलाई जथाभाबी सेवन गरेका कारणले नेपाल सहित विश्वमा नै मृत्यु दरमा वृद्धि भएको छ । चिकित्सकको सल्लाह विना एन्टिवायोटिक औषधिका सेवन गर्दा विश्वमा वर्षेनी रुपमा १२ लाख २७ हजारको मृत्यु भइरहेको छ । विश्वका लागि साझा स्वास्थ्य समस्याको रुपमा एन्टिवायोटिक औषधिको प्रयोगका कारणले अनेकन स्वास्थ्य समस्या उत्पन्न हुने गरेको यूएसएआईडिका विज्ञ डा. सन्तोष दुलालले जानकारी दिनुभयो ।
सामान्य रुघा खोकीमा एन्टिवायोटिक औषधि खाने चलन रहेको बताउँदै एन्टिवायोटिक औषधि सेवन गर्नै गरेको खण्डमा चिकित्सकको परामर्शमा औषधिको डोज पुरा लिन आवश्यक भएको बताउँदै रोग निको भएपछि बिचैमा औषधि खान छाडेको खण्डमा त्यसले झनै जटिलता उत्पन्न गराउने भएका त्यसो नगर्नका लागि डा. दुलालले आग्रह गर्नु भयो ।
शिक्षा तथा जनचेतनाको अभावका कारणले सामान्य स्वास्थ्य समस्यामा पनि एन्टिवायोटिक औषधि सेवन गर्ने चलन रहेको र नेपालको सन्दर्भमा महिलाहरू बढी मात्रामा पीडित हुनु परेको यूएसएआईडिका चिकित्सक डा. विवेका श्रेष्ठले जानकारी दिनु भयो । पुरुषहरू पनि यसको असरबाट पीडित भएपनि महिला तुलनात्मक रुपमा बढी रहेको र यसको बिक्री वितरण तथा सेवनमा रोक लगाउन आवश्यक भएको बताउनुभयो ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले सामान्य स्वास्थ्य समस्यामा पनि एन्टिवायोटिक औषधि सेवन गर्ने प्रवृत्ति परित्याग गर्नका लागि आम जनतामा सुझाव दिँदै यसको बढ्दो प्रयोगलाई निरुत्साहित गर्नका लागि भेटेरिनरी क्षेत्र सँग सहकार्य गरेर अगाडी बढ्न आवश्यक भएको बताउनुभयो ।
एन्टिवायोटिक औषधिको प्रयोगबाट हुने मृत्यु तथा अन्य प्रकारका समस्याले सन् २०३० सम्ममा २ करोड ४० लाख जनसङ्ख्या थप गरिबी रेखा मुनि जाने खतरा भएको बताउनु भयो । कार्यक्रममा मधेश प्रदेशका करिब ४५ जना पत्रकारहरूको सहभागिता रहेका थिए ।
प्रतिक्रिया