जनकपुरधाम । सशस्त्र प्रहरी बलले केही दिनअघि सिपाही देखि सई सम्मको सरूवा गरेको छ । उक्त सरूवामा केही महिना अघि तराईका जिल्लामा कार्यरत घुमुवा प्रहरीहरू रहेका थिए भने कतिपय घुमुवा नभए पनि लामो समयदेखि कार्यरत रहेकाहरू थिए । काजमा खटाएकाहरूलाई सरूवा गर्दा कतिलाई त्यहीँ दरबन्दी बनाएको छ भने कतिलाई अलि सजिलो हुने गरि सरूवा गरिएको छ त कतिलाई दुर्गममा पठाइएकाे छ ।
यसैक्रममा रूपन्देही जिल्लामा घुमुवा बसेका र पछि लुम्बिनी प्रदेश स्थित बाहिनीमा तानिएका सहायक हवल्दार तेज बहादुर सिंह काे सरूवा ३३ नम्बर गण जुम्लामा सरूवा भयो । रूपन्देहीमा कार्यरत घुमुवा प्रहरी एक्कासि जुम्ला सरूवा भए पछि उनलाई रिस उठ्नु स्वाभाविकै हो । तर उनले त्यो रिस पाेख्दा हाेस पुर्याउन सकेनन् जसको कारण निलम्बन हुनुपर्याे । सरूवा भएको रिसमा मदिरा सेवन गरेर मातेपछि उनले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई म्यासेज पठाएछन् । म्यासेजमा तपाईंको श्रीमती , छाेराछाेरी छैनन् जस्ता आदि आदि कुरा लेखिएको थियो ।
समाचारस्राेत भन्छ , पदिय र फाैजी अनुशासन उल्लघंन गरेको आराेपमा सहायक हवल्दार सिंह निलम्बनमा परे। यो कुरालाई सशस्त्र प्रहरी बल मुख्यालयले पनि पुष्टि गरेको छ। यिनीसंगै र अझै धेरै बर्षदेखि रूपन्देहीमा सशस्त्र प्रहरीको घुमुवा भएर अहिले बाहिनी तानिएका वरिष्ठ हवल्दार रेशम महतराकाे भने अहिलेसम्म पनि न त काज न त सरूवा नै भएको छ ।
प्रतिक्रिया