सिरहा । सिरहाकाे सिरहा नगरपालिका २० छोटकी टोलस्थित सीमा ईलाकाबाट ५ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको मोबाईल र मोबाईलका पार्टसहरुसहित एउटा मोटरसाईकल जेठ २४ गते नम्बर ७ गण हे.क्वा सिरहाले नियन्त्रणमा लिएको छ ।
प्रदेश ०१–००४ प ३६१६ नम्बरको पल्सर मोटरसाईकलमा राखी भारतबाट अबैध रुपले नेपालतर्फ आउँदै गरेका व्यक्ति सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ सामान र मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएको सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि सिरहा भन्सार कार्यालय माडरमा बुझाईएको छ ।
अबैध रुपमा ल्याउँदै गरेको सामानसहित सवारीसाधान नियन्त्रणमा
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित भित्रि सडकखण्डबाट १ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडासहित एउटा म्याजिक भ्यान जेठ २१ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । गौरबाट चपुरतर्फ जाँदै गरेको ना १ ज ७१०९ नम्बरको भ्यानलाई सुरक्षा वेश फतुहाले चेकजाँच गर्दा विलविजक नभएको उल्लेखित मुल्य बराबरको लत्ताकपडा बरामद गरिएको हो ।
बरामद लत्ताकपडा तथा भ्यान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । चोरीपैठारीका विभिन्न सामान बरामद रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट १ लाख १७ हजार २ सय ७० रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान जेठ
२६ गते सशस्त्र प्रहरीले बरामद गरेको छ ।
अबैध रुपमा भन्सार छलि ल्याउँदै गरको उल्लेखित मुल्य बराबरको लत्ताकपडा,
कस्मेटिक तथा मोबाईलमा प्रयोग हुने सामाग्री प्रस्तावित सीमा सुरक्षा
गुल्म डण्डाले बरामद गरेको हो ।
यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार ईलाकाबाट १ लाख ८ हजार ४ सय ७० रुपैयाँ बराबरको लत्ताकपडा र किराना सामान जेठ २५ गते सशस्त्र प्रहरीले बरामद गरेको छ ।
भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो । यसैगरी सुरक्षा बेश फतुहाले ६६ हजार ७ सय रुपयाँ बराबरको भन्सार छलि ल्याउँदै गरेको लत्ताकपडा सोही जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित बमनहरबाट जेठ २५ गते बरामद गरेको छ ।बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।








प्रतिक्रिया