भारतीय स्कारपिओ गाडी भन्सार महसुल नतिरी चलाएपछि सशस्त्र प्रहरीको नियन्त्रणमा

न्यूज डेस्क     २०८० जेष्ठ ३०, मंगलवार १२:५० बजे मा प्रकासित


बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १ बिरेन्द्र चोकबाट सशस्त्र प्रहरीले जेठ २९ गते भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ ।

बैरियाबाट सिम्रौनगढतर्फ जादै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रंगको भारतीय स्कारपिओ गाडी भन्सार महसुल नतिरी चलाएको उक्त गाडी प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिइएको गाडी आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

प्रतिक्रिया





Top