जनकपुर : एकल महिलाको विभत्स हत्या आरोपमा फरार युवक पक्राउ

शम्भु पण्डित     २०८० जेष्ठ ३०, मंगलवार १९:२५ बजे मा प्रकासित


जनकपुरधाम । धनुषामा एक एकल महिलाको विभत्स हत्या गरी पोखरीको छेउमा खाल्डो खनी गाडी फरार रहेको युवक पक्राउ परेका छन् ।

 

धनुषा जिल्लाको मिथिला विहारी वडा नम्बर ८ तारापट्टी बस्ने स्व. रामचन्द्र दासकी पत्नी अन्दाजी वर्ष ४० की एकल महिला उषा दासको विभत्स हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले बारा कलैया उपमहानगरपालिका वडा नं. १८ बस्ने गोकुल महतो धानुकको छोरा अन्दाजी वर्ष २२ को ओमलाल मण्डललाई पक्राउ गरि सार्वजानिक गरेको छ ।

 

मृतक महिलाको फाइल फोटो दासको मृत्यु भएपछि मण्डलले छेउकै पोखरीको छेउमा लगेर खाल्डो खनि मृतकको शव चाँडो गलोस भनेर कपडा फुकालेर पोखरीमा गाडेका थिए । मृतकले लगाएको कपडा पोखरीमा गाडेको मण्डल मृतकले प्रयोग गर्ने मोबाइल समेत पोखरीमै फालेका थिए । गत जेठ २८ गते मृतकको शव जनावरले खोस्रिएर देखिएपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा मृतकको छोरा बुहारीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाँदा मण्डललाई पक्राउ गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलन धनुषाका प्रहरी प्रमुख एसपी बिश्वराज खडकाले घटना भएको दिन गत जेठ २५ गते मृतकको छोरा आफनी श्रीमती सहित उनको माइती धनुषाको लग्मा गएको बेला उनको घरमा आनजान गरिरहने मण्डल संग मृतक दासको झगडा भएको बताए । अनैतिक सम्बन्धमा रहेको उनीहरु बिच राती ११ बजे बिबाह गर्नुपर्ने विषयमा बिबाद भएपछि मण्डलले मृतक दासलाई एक थप्पड हिर्काउदा मृतक बाहिर भाग्न लागेपछि पक्रेर घाँटी थिची हत्या गरिएको समेत उनले बताए ।

मण्डललाई चितवनबाट स्थानिय प्रहरीको सहयोगमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार मृतकले मण्डलाई बिबाह गर्न दबाब दिदै आएको र मण्डल टाँढा भाग्न खोजेपनि मृतकले उनलाई आफै खोजेर घरमा ल्याउने गरेकी थिइन । मृतकको कपडा, खाल्डो खन्न प्रयोग भएको बेल्चा बरामद गरिएको र मोबाइल बरामद हुन बाँकी रहेको छ भने शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएर थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top