शहिदनगरका जनप्रतिनीधिले किसानको धान बीउ बाँडिएनन, कृषि उपकरण बेच्ने दाउमा

मधेशपाटी अनलाइन     २०८० जेष्ठ ३१, बुधबार १२:२५ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिकाका जनप्रतिनीधिहरु किसानको कोदालो बेच्ने दाउमा लागेको रहस्य बाहिरी खुलेको छ । किसानहरुको लागि सुविधा स्वरुप सरकारी बजेटले किनेर ल्याएको कोदालो बेच्ने दाउमा रहेको बताईएको छ ।

करिब ४ महिना अगाडी नै किसानहरुको लागि किनेर ल्याईएको कृषि उपकरण कोदालो अझै वितरण नगर्दा किसानहरुले जनप्रतिनीधिहरु कोदालो खाने दाउमा रहेको बताएका छन् ।

नगरपालिकाभरिको गरिब किसानहरुको लागि शहिदनगर नगरपालिकामा १ हजार १ सय २० कोदालो खरिद गरिएको हो । नगरपालिकाले कृषि शाखालाई जिम्मा लगाइएको कोदालोहरु असार मसान्त आएपनि वितरण नगर्दा उनीहरु कोदालो खाने दाउमा रहेको प्रतिक्रिया शहिदनगर नगरपालिका वडा नं. ७ धबौली बस्ने विष्णु मण्डलले दिएका छन् ।

किसानहरुलाई दिनुपर्ने कोदालोहरु अहिलेसम्म जस्ताको त्यस्तै घरमा थनकाएर राखिएको छ । एकै ठाउँमा कोदालोहरु राख्दा कोदालोहरुमा खिया समेत लागेको देखिएको छ ।

शहिदनगर नगरपालिकामा किसानको लागि निरन्तर कृषि अन्त्रहरु आइराख्दा पनि किसानहरुलाई समयमा वितरण नभैरहेको कृषि शाखा प्रमुख सिताराम शर्माको भनाइ छ ।

कृषि शाखा प्रमुख शर्माका अनुसार मेयर दिनेश प्रसाद यादव र अधिकृत सावन चौधरीको कारणले गर्दा कोदालो किसानहरुलाई वितरण नभएको आरोप लगाएको छ ।

“किसानहरुलाई सहजीकरणका लागि अनेक किसिमका कृषि सामग्री कृषि मोटर र विउविजन लगायतका समानहरु आएपनी हामीले समयमा किसानहरुलाई दिन पाएका छैनौँ, यसमा कर्मचारी होईन जनप्रतिनीधिहरुले हेर्नुपर्ने हो ।”– उनले भने ।

नौ लाख पचास हजारमा लियाएको धानको बीउ किसानहरुलाई वितरण नगरी फ्रीज गरिएको छ । समयमा नगरपालिकामा आएको कृषि समानहरु किसानहरुलाई नदिदा किसानहरु पनि आक्रोसित भएका छन । स्थानीय सरकार आएपनी कुनै किसिमको नगरपालिकाबाट सहयोग नभएको किसानहरुको भनाई छ ।

प्रतिक्रिया





Top