चक्रघटामा स्थानिय तहमा प्रारम्भिक बालविकास कार्यविधि निर्माण सम्बन्धि २ दिने कार्यशाला सम्पन्न

न्यूज डेस्क     २०८० जेष्ठ ३२, बिहीबार ०८:०० बजे मा प्रकासित


सर्लाही, मलंगवा ।। सर्लाहीको चक्रघटा गाउँपालिकाको आयोजनामा घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले भन्ने मुल नारा सहित स्थानिय तहमा प्रारम्भिक बालविकास कार्यविधि निर्माण सम्बन्धि २ दिने कार्यशाला सम्पन्न भएको छ ।

नेपालमा प्रारम्भिक बाल शिक्षा र विकासको सबलिकरण लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड कार्यन्वयन परियोजना अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवा स्थित महेन्द्र होटेलको सभा हलमा यूनिसेफको आर्थिक सहयोग तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवा केन्द्रको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

स्थानिय तहमा एकिकृत प्रारम्भिक बालविकास कार्यविधि निर्माणका लागि परामर्श कार्यशाला गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरु, वडाअध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न विषयगत शाखाका प्रमुखहरुको उपस्थितिमा चक्रघटा गाउँपालिकामा प्रारम्भिक बालविकासका लागि आवश्यक पर्ने विभिन्न कार्यक्रमहरुलाई कार्यविधि बनाई आगामी आर्थिक बर्षबाट कार्यन्वयन विषयमा छलफल गरिएको गुराँसका सिनियर अधिकृत रितिका दाहालले जानकारी दिईन ।

कार्यक्रमको सहजिकरण सेतो गुराँसका सिनियर अधिकृत रितिका दाहाल, जिल्ला कार्यक्रम संयोजक दुर्गा शिवाकोटी र परामर्शकर्ता मोहन निरौलाले गर्नुभएको थियो, भने कार्यक्रमलाई बालविकास अधिकृत रंजिब चौधरीले संचालन गरेका थिए ।

उक्त कार्यशालामा भएको छलफलमा बालविकासको सर्वाङ्गीर्ण विकासका लागि गाउँपालिका तथा वडाले आआफनो क्षेत्रबाट लगानी, अनुगमन, सहकार्य तथा समन्वय गर्ने प्रतिबद्वतता कार्यक्रममा उपस्थिति जनप्रतिनिधिहरुले गरेको बताइएका छन, भने कार्यक्रममा संचालन गरिदिएकोमा जनप्रतिनिधिहरुले संचालका परिवारलाई समेत धन्यावाद दिएका छन ।

सबै बालबालिकाहरुलाई प्रारम्भिक बालविकास सम्बन्धि सेवाहरु सहजताका साथ उपलब्ध गराई उनिहरुको बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागि हुन पाउने अधिकार सुनिश्चित गर्न एवं स्थानिय तहबाट प्रदान गरिएको सेवा र संचालन गरिने कार्यक्रम एकिकृत रुपमा लागु गर्न प्रारम्भिक बालविकास राष्ट्रिय रणनिति २०७७÷८८ को उदेश्यहरु कार्यन्वयन गर्न नेपालको संविधान, बालबालिका सम्बन्धि ऐन र स्थानिय सरकार संचालन ऐनले दिएको अधिकार अनुरुप चक्रघटा गाउँपालिकाले एकिकृत बालविकास कार्यक्रम संचालन गरी प्रारम्भिक उमेरका बालबालिकाहरुलाई सर्वाङ्गिण विकासको लागि यस गाउँपालिका स्तरमा स्पष्ट एवं समान धारणा बनाई कार्यगत एकरुपता अपनाउन यो कार्यविधि महत्वपूर्ण हुने विषयमा कार्यशालामा छलफल समेत गरिएको हो ।

चक्रघटा गाउँपालिकामा एकिकृत प्रारम्भिक बालविकास कार्यक्रम प्रभावकारी ढंगले कार्यन्वयन गनुपर्नेमा शिक्षा शाखा प्रमुख राम स्वार्थ रायले दिए । यो कार्यक्रम संचालनका लागि सेतो गुराँस र युनिसेफले सहरानिय काम गर्दै आएको प्रशंसा गर्दै उहाँले स्थानिय स्तरमा भएको सबै विद्यालयलाई बालमैत्री निर्माण गरिने बताए । बालविकासबाट सुरु गरि आगमी २ बर्ष भित्रमा कक्षा ३ सम्म सबै विद्यालयलाई बालमैत्री निर्माण गरिने उहाँको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै चक्रघटा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार रायले स्वास्थ तथा शिक्षाको स्तरमा बढाउन विभिन्न निति निर्माण, बजेट विनियोजन, विभिन्न सरकारी तथा गैरसकारी संस्थासंग सहकार्य तथा समन्वय गनुपर्ने भन्दा बढी गरिने दाबी गर्नुभए । उहाँले कुनै पनि कार्यक्रम विना कार्यविधि तथा योजना विना प्रभावकारी ढंगले कार्यन्व्यन नहुने बताउदै कार्यविधि बनाएर जानुपर्नेमा उहाँको जोड थियो ।

चक्रघटा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको २ दिने कार्यशालालाई अध्यक्षको अनुमतिमा उपाध्यक्ष मिना देवीले उदघाटन गरेका थिए ।

कार्यक्रममा चक्रघटा गाउँपालिकाका गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादव, उपाअध्यक्ष मिना देवी, प्रमुख प्रशासकिय अधिकृत, संजिव कुमार यादव, स्वास्थ शाखा प्रमुख राम बहादुर साह, शिक्षा संयोजक राम स्वार्थ राय, योजना शाखाका दुर्गानन्द कुमार राय, लेखा शाखाका संजय ठाकुर, पोषण शाखाकी मिना यादव, प्रशासन शाखा प्रमुख राम पवित्र राय, ९ वटै वडाका वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरुको समेत उल्लेखनिय सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया





Top