‘आदिपुरुष’मा जानकी नेपालकी छोरी हुन् हिन्दी फिल्म नसच्याएसम्म चल्न नदिने : बालेनको उद्घोष

मधेशपाटी अनलाइन     २०८० जेष्ठ ३२, बिहीबार २०:४७ बजे मा प्रकासित


जनकपुरधाम । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भारतीय चलचित्र ‘आदिपुरुष’ मा जानकीलाई भारतीय छोरी हुन् भन्ने शब्द सच्याउन चेतावनी दिएका छन् । उनले दक्षिण भरतीय चलचित्र आदिपुरुषमा जानकीलाई नेपाली छोरी हुन् भनेर भारतमा समेत सच्याउन आग्रह गर्दै नसच्याएसम्म काठमाडौं उपत्यकामा हिन्दी फिल्म कुनै पनि हलमा चल्न नदिने घोषणा गरेका छन् ।

बालेनले जानकी नेपालकी छोरी हुन् भनेर सच्याउन ३ दिनको समय दिएका छन् ।

सामाजिक संजालमा मेयर साहले लेखेका छन्–दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ ।

माता सीताको जय होस् ।

यसअघि भारतले नेपालको भूभाग समेटिएको नक्सा राखेपछि बालेन साहले महानगरमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

प्रतिक्रिया





Top