रौतहट। मधेश प्रदेश रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नम्बर ५ कोपवा टोलमा करेन्ट लागेर शुक्रबार राति दुई जना युवाको मृत्यु भएको छ । करेन्ट लागि घाइते भएका उनीहरूको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
कोपवाटोलका ३० वर्षीय अरुणकुमार साह र २८ वर्षीय सिताबी पण्डित कुम्हालको धारामा पानी थाप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कोपवाले जनाए ।
‘घटना लगत्तै सख्त घाइते भएका दुवै जनालाई स्थानीय क्लिनिकमा उपचार गराइएको थियो,’ उनले भने, ‘थप उपरचारको लागि सदरमुकाम गौर पठाइएकोमा उपचारकै क्रममा राति दुवैको मृत्यु भएको हो ।’
मृतक अरुणको किराना र पण्डितको पान पसल छ । अरुणको घरको धारामा जडान भएको विद्युतीय मोटरमा पानी थाप्न गएका बेला अचानक करेन्ट प्रवाह भएको हो । दुवै जना धारामा पानी थाप्न लाग्दा करेन्ट लागेर घाइते भएको इलाका प्रहरीका सई परमानन्द यादवले बताए ।
करेन्ट लागेको सूचना पाए लगत्तै सई यादवसहितको टोली घटनास्थल पुगेर घइते उनीहरुको उद्धार गरेको थियो । त्यसबेला सम्म धारामा करेन्ट प्रवाह भइ नै रहेको पाइएको प्रहरीले जनायो । घटनाको आवश्यक अनुसन्धान भइरहेको सई यादवले बताए ।








प्रतिक्रिया