प्रहरी प्रशासन विरुद्ध नेकपा एमालेका नेता कार्यकर्ताले जनकपुरमा नाराबाजी

न्यूज डेस्क     २०८० असार २, शनिबार २२:१८ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरममा आफ्ना नेता कार्यकर्ता माथी झुठा मुद्दा लगाइ पक्राउ गर्न खोजेको भन्दै धनुषाका प्रहरी प्रशासन विरुद्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले जनकपुरमा प्रदर्शन गरेको छ । एमाले केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री उमाशंकर अरगरीयाको नेतृत्वमा सयकडौँको संख्यामा एमाले नेता कार्यकर्ताहरुले जनकपुर नाराबाजी सहित नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी समेत प्रदर्शन गरेको छ ।

भ्रष्टाचारमा लिप्त शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्माको संरक्षणमा लागेको भन्दै एमालेले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काविरुद्ध प्रदर्शन गरेको हो ‌। एमालेका नेता कार्यकर्ताहरुले जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै एसपी खड्का र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मा विरुद्ध प्रदर्शन गरे । भ्रष्टाचारी इकाई प्रमुख शर्मालाई कारबाही गर्नुको साटो झन् संरक्षणमा लागेको पुर्वमन्त्री अरगरीयाले आरोप लगाए । उनले भ्रष्टाचारी र भ्रष्टाचारीको संरक्षक विरुद्ध प्रदर्शन गरेको बताए ।

शुक्रबार दिउँसो युवाहरूको एक समूहले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मालाई कालोमोसो दलेका थिए । उक्त घटनामा आफ्ना नेता कार्यकर्तालाई फसाउन खोजेपछि बाध्य भएर आफूहरू सडकमा आउनुपरेको अरगरीयाले बताए ।

शिक्षक सरुवा, पदस्थापना, शिक्षक नियुक्ति लगायतको काममा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्माले घुस खाएको भन्दै शर्मालाई यूवाहरुको समूहले कालोमोसो दलेको थियो ।

प्रदर्शनमा एमालेका केन्द्रिय सदस्य संजिव झा सुरज, जिल्ला अध्यक्ष राजकिशोर यादव, विदेह नगरपालिकाका मेयर बेचन दास, औरही गाउँपलिकाका अध्यक्ष उमाशंकर साह लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया





Top